
जुम्लामा एक नगरपालिका र ७ गाउँपालिका छन् । यहाँका ८ वटा स्थानीय तहमध्ये दुई पालिकामा मात्रै प्रमुखमा महिलाले उम्मेदवारी दिएकी छन् । अघिल्लो ०७४ को स्थानीय तहको निर्वाचनमा चन्दननाथ नगरपालिकामा नेपाली काँग्रेसले कान्तिका सेजुवाललाई मात्रै नगरप्रमुखको उम्मेदवारी बनाएको थियो । उनी नगरप्रमुखमा पुरुषसँग प्रतिष्प्रधा गर्दा विजयी भईन ।
यसवर्ष ०७९ को स्थानीय तहको निर्वाचनमा चन्दननाथ नगरपालिकाको नगरप्रमुखमा चन्दननाथ–७ की २८ वर्षीया जयालक्ष्मी चौलागाईलाई उम्मेदवारी दिएकी छन् । ंउनले एकीकृत समाजवादी पार्टीबाट नगरप्रमुख पदमा उम्मेदवारी दिएकी हुन् । नगर उपप्रमुखमा समाजवादीले भीम थापालाई उम्मेदवारीको मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।
झन्डै साढे दुई वर्ष सामाजिक क्षेत्रमा काम गर्दै आएकी उनले महिला‚ बालबालिका तथा युवाको क्षेत्रमा काम गरेकी छन् । क्याट नेपाल नामक संस्थासँग आबद्ध भएर बालविवाह, छाउपडी प्रथा, लैंगिक हिंसा, महिला अधिकार, किशोरकिशोरीको पक्षमा वकालत गर्दै आइरहेकी थिइन् ।
यस्तै नेकपा एमाले जुम्लाले गुठिचौर गाउँपालिकामा महिलालाई अध्यक्षको उम्मेदवार बनाएको छ । झुनमाया जैसीले एमालेको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिइन् । उनले भनिन्, ‘एमालेले सत्ता गठबन्धनले दिन नसकेको टिकट दिएकोमा खुुसी भएको बताइन् । चुनाव जितिएला, हारिएला यो फरक पाटो हो, तर महिलालाई अध्यक्षमा टिकट दिएर चुनावी मैदानमा पठायो यसैमा सन्तुष्ट छु ।’ एमाले पार्टीले गुठीचौर गाउँपालिकाको उपाध्याक्षमा प्रेम बुढालाई उम्मेदवार बनाएको हो ।
गत चैत २८ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले स्थानीय सरकारमा महिलाको कार्यकारी भूमिका सुनिश्चित गर्नु पर्नेमा जोड दिँदै प्रदेश समितिलाई परिपत्र पठाए । त्यो परिपत्रमा विजयको सम्भावना भएका पालिकामध्ये प्रत्येक जिल्लामा कम्तीमा एक पालिका प्रमुख वा अध्यक्षमा महिला उम्मेदवार खडा गर्नुपर्ने उल्लेख छ । परिपत्रमा भनिएको छ, ‘प्रत्येक पालिका अन्तर्गत कम्तीमा एउटा वडाध्यक्षमा महिला उम्मेदवारी दिन विशेष जोड गर्नुपर्ने छ ।’
यस्तै हरेक तह र तप्कामा समावेशीका नारा घन्किने गरेपनि दोस्रो स्थानीय तहको निर्वाचन उम्मेदवारीमा प्रमुखमा महिलाको निकै काम प्रतिनिधित्व देखिएको नागरिक समाजका अगुवा राजबहादुर महतले बताए । उनले भने समावेशी नारा नेताले भाषणमा मात्रै सिमित गरे । कार्यन्वयन गरेनन् । अरु ६ वटा स्थानीय तहमा पुरुषले पालिकाको प्रमुख तथा अध्यक्षमा उम्मेदवारी दिएका छन् भने महिलालाई उपप्रमुख तथा उपाध्यक्ष बनाएका छन् ।
गुठीचौर गाउँपालिकाको अध्यक्षमा काँग्रेसका दानबहादुर बुढा, माओवादीका हरिबहादुर भण्डारी, समाजवादीका जनक थकालीले उम्मेदवारी दिएका छन् । उप्रमुखमा एमालेका प्रेम बुढा, माओवादीकी राजकन्या बुढा, समाजवादीकी शान्ति मल्ल भण्डारी र काँगे्रेसकी सुमन बस्नेतले उम्मेदवारी दिएकी छन् ।
चन्दननाथ नगरपालिकाको प्रमुखमा एमालेका धर्मेन्द्र रोकाया, काँग्रेसका पदम शाही, माओवादी केन्द्रका जीवन बुढ्थापा, नेमकिपाका जयकृष्ण धराला र राप्रपाका पूर्णसिंह कठायतले उम्मेदवारी दिएका छन् । उप्रमुखमा एमालेकी मेनका रेग्मी, माओवादीकी पूर्णिमा विक, काँगे्रसकी रामदेवि खड्का र नेमकिपाकी हस्तना न्यौपाने र राप्रपाकी गिता शाहीले उम्मेदवारी दिएकी छन् ।
पातारासी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका पूर्णसिंह बोहरा, माओवादीका हरिबहादुर बुढा, एमालेका सुकराम रावत, समाजवादीका बृख महताराले उम्मेदवारी दिएका छन् । यस्तै उपाध्यक्षमा समाजवादीकी रमा भण्डारी, एमालेकी खम्मेनी महतारा, माओवादीकी जुनमाया रोकाया र काँग्रेसकी शान्ति बुढाले उम्मेदवारी दिएकी छन् ।
तातोपानी गाउँपालिका अध्यक्षमा काँग्रेका नन्दप्रसाद चौलागाई, माओवादीका विरबहादुर कुवँर, एमालेका सुरतबहादुर शाही र समाजबादीका हिमालय खत्रीले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा सामाजवादीकी नारायणी चौलागाई, एमालेकी ज्याला चौलागाई र माओवादीकी रेवती रावलले उम्मेदवारी दिएकी छन् ।
तिला गाउँपापालिका अध्यक्षमा एमालेका रेशम शाही, माओवादीका मोतिलाल बुढा, काँग्रेसका एकराज उपाध्याय र समाजवादीका जोगबहादुर रावतले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा एमालेकी जुनमाया बोहरा, समाजवादीकी जानकी शाही, काँग्रेसकी सुश्मा श्रेष्ठ रोकाय र माओवादीकी कल्पना बुढाले उम्मेदवारी दिएकी छन् ।
हिमा गाउँपालिका अध्यक्षमा एमालेका जयबहादुर खत्री, माओवादीका अमरजंग शाही, काँग्रेसका लक्ष्मण शाही र समाजवादीका भैबहादुर रोकायाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा एमालेकी भागिरती शाही, माओवादीकी कल्पना परियार, समाजवादीकी देबु शाही र काँग्रेसकी सुर्पुना शाहीले उम्मेदवारी दिएकी छन् ।
सिंजा गाउँपालिका अध्यक्षमा माओवादीका पूर्णप्रसाद धिताल, काँग्रेसका नन्दराम बुढा, एमालेका सुमन आचार्य र समाजवादीका कमल खत्रीले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा समाजवादीकी हिमाली भण्डारी, काँग्रेसकी रजनकला शाही, माओवादीकी सितली रोकायाले उम्मेदवारी दिएकी छन् ।
कनकासुन्दरी गाउँपालिका अध्यक्षमा काँग्रेसका दामोदर आचार्य, एमालेका मानबहादुर रोकाया, समाजवादीका पदमबहादुर बुढा र माओवादीका धनबहादुर रावतले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा समाजवादीकी धनरुपा बुढा, एमालेकी देविसिता बुढा, माओवादीकी रिता खत्री र काँग्रेसकी प्रेमकली बुढाले उम्मेदवारी दिएकी छन् ।



