‘युवा नवप्रर्वतनात्मक बिचार प्रतियोगिता’मा दैलेखका राजेन्द्र कर्णाली प्रदेश प्रथम

  जुम्ला ।  राष्टि्य युवा परिषद को बार्षिक कार्यक्रम अनुसार सामाजिक बिकास मन्त्रालयले आयोजना गरेको कर्णाली प्रदेश स्तरीय ” युवा नवप्रर्वतन बिचार प्रतियोगिता – Youth Innovative Ideas Hunt 2022 ” मा दैलेख जिल्ला बाट प्रतिनिधित्व गर्दै सहभागी भएका राजेन्द्र अधिकारी प्रथम स्थान हासिल गर्न सफल भएका छन ।

बाेल्ने कला सम्बन्धी याेजना प्रस्तुत गर्दै,आफ्नाे हाल सम्मकाे प्रगती सार्वजानिक गर्दै मल्यांकनका सबै मापदण्ड पूरा गरि अधिकारी प्रथम भएका हुन्

प्रदेशमा प्रथम ,दितिय र तृतीय हुने ३ जना ले केन्द्रिय कार्यक्रममा सहभागी हुन पाउनेछन् । र केन्द्रमा सात प्रदेशबाट उत्कृष्ट २१ जना युवा बिच प्रतिस्पर्धा हुनेछ ।

त्यसका साथै रुकुम पश्चिमका नारायण खड्का दित्तिय,सुर्खेतका प्रकाश खड्का तृत्तिय र जाजरकाेटका कर्मराज सिंह सान्ताेवना भएकाे सामाजिक विकास मन्त्रालय जनाएकाे छ ।

प्रकाशित मिति : २०७९ असार २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस