काँग्रेस सभापति देउवालाई जुम्लाका उपसभापति बुढाकाे पत्र


जुम्ला । आदणीय शेर बहादुर दाई, जय नेपाल । तपाईलाई दम्ब हाेला नेपाली काग्रेंस केन्द्रीय कार्य समितिकाे बहुमत संख्या बिजयी भएकोमा…..

तर नेपाली काग्रेंस समग्र काग्रेंसीजनकाे पवित्र मन्दिर हाे र तपाईं मुख्य पुजारी …. पुजारीले प्रसाद बाड्दा मेराेलाई बढी र अर्काको लागि कम भन्ने व्यवहार पक्कै पनि गर्नु हुन्न र गर्दा पनि सुहाउँदैन, पार्टीलाई एक ढिक्का बनाएर लिने जिम्मा तपाईंको हाे, अहिले पाे गठबन्धन गराैंला , सायद हजुरलाई कति थाहां छ ? ।

काग्रेंस खाेजी खाेजी…. अरूलाई राेजी राेजी भन्ने दिन नआएको हाेईनन, सयौं काग्रेंसीजनहरूकाे रगत काग्रेंस भएकै कारणले बगे, सयौं बालबालिका टुहुरा भए, सयौं आमाहरूकाे काेख उज्रियाे, सयौं आमाहरूकाे सिन्दुर पुछियाे भने हजारौं घरबारविहीन भए हुन त तपाईंलाई के हेक्का हाेला ।

निर्वाचनमा शत्रु सगं एक्लाएक्लै लड्नु काे शान र मान अलग्गै छ, हामी आफ्नै पार्टी भित्र का दाजुभाइ सगं गुटका नाममा साैतेना व्यवहार गर्न तयार छाै तर शत्रु सगं अगांलाे मारेर हिडि रहेका छाै ।

यसैलाई राजनीति भनिन्छ ? यसैका लागि महामानव वी.पी काेईराला, सन्त नेता कृष्णप्रसाद भट्टराई, लाैहपुरूष गणेशमान सिहं लगायतका हजारौं नेता तथा कार्यकर्ताहरूकाे रगत र पसिना बगेको हाे र ? अब हाम्राे पार्ना नै नेपाल कम्युनिस्ट पार्टी समाजवादी काग्रेंस भन्दा के फरक पर्ला कम्युनिस्टहरूकाे बैशाखी लगाई हिड्नु पर्ने भए अब…….. .

ब‌ैशाखी लगाउनु भन्दा पार्टी भित्र काे मनमुटावकाे अन्त गर्न पार्टी सभापति भएकै कारणले तपाईले अभिभाकत्व लिन जरुरी छ दाई, भाई फुटे गवांर लुटे भन्ने उखान त सुनेकै छाै दाई पार्टी भित्र भाईचाराकाे सम्बन्ध कायम गर्दै सबैले सबै काे अस्तित्व स्विकार गर्न जरुरी छ दाई,

निर्वाचन प्रतिपक्ष सगं लड्ने हाे, शेखर दाई सहित सबै नेताको परामर्शमा असल नेताहरूकाे चयन गर्न जरुरी छ दाई, ससंदमा जाने सदस्यलाई क ख रा सिकाउनु पर्ने पनि त हाेईन हाेला नि, सबैको अस्तित्व राख्दै छलफल सहित समानुपातिककाे, प्रत्यक्ष उम्मेदवारहरूकाे नाम ३६४ दिन काग्रेंस हुने ६५ ओै दिनमा हराउनेहरू हाेईन, हाम्रो हाेईन राम्रो मान्छे उम्मेदवार चयन गरियोस् भनि अनुरोध गर्न चाहान्छु ।

कसैले कसैलाई कमजोर नठानियाेस् आगाेकाे झिल्काे सानाे हुन्छ तर शहर तहस नहस पार्न प्रयाप्त हुन्छ, समयमै ध्यानाकर्षण हाेस् अनुरोध ।

जय नेपाल कार्मा बुढा
उपसभापति जुम्ला

प्रकाशित मिति : २०७९ असोज ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस