डिनको उपाध्यक्षमा जुम्लाका भीम रावल निर्वाचित


जुम्ला ः ईन्जिनियर्सहरुको छाता संगठन डिप्लोमा ईन्जिनियर्स एशोसियसन नेपाल (डिन) को उपाध्यक्षमा जुम्लाका भीम रावल निर्वाचित भएका छन् । डिनको १४ औँ राष्ट्रिय सम्मेलनबाट रावल उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
चन्दननाथ नगरपालिका – ७ जुम्ला स्थायी घर भएका रावल लामो समयदेखि यो क्षेत्रमा कार्यरत रहेका छन् । पेशागत हकहितका लागि यो संगठनले काम गर्दै आएको उनले बताए । उनले भने डिनको उपाध्यक्ष जस्तो पदमा निर्वाचित भएपछि पेशागत हकहितका लागि पैरवी गर्ने जिम्मेवारी थपिएको छ । सवै गोलवन्द भएर काम गर्ने छौँ ।

प्रकाशित मिति : २०७९ पुष ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस