
जुम्ला । जुम्लामा पनि पृथ्वी जयन्ती विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी जुम्लाको आयोजनामा पन्चेबाजा,रयाली सहित बालमन्दिरमा औपचारिक समारोहका बीच पृथ्वी जयन्ती मनाएको हो ।
पृथ्वीनारायण शाहले छरिएर रहेका बाईसे चौविसे राज्यलाई एकिकृत गरी सिंहो नेपाल एकिकरणका पुराएको योगदानको उच्च कदर गर्दै ३०१औँ पृथ्वी जन्म जयन्ती मनाएको राप्रपाका चन्दननाथ नगरपालिकाका नगर कमिटी अध्यक्ष अनुप थापाले बताए ।
उनले भने,“वर्तमान सरकारले पृथ्वी जयन्तीलाई राष्ट्यि उत्सवका रुपमा मनाउन सार्वजानिक बिदा समेत दिएको छ । जुम्लामा राप्रपा बाहेक अन्य पार्टी र सरोकारवालाले यस प्रति चासो दिएको पाईएन् । राष्ट् निर्माता पृथ्वीनारायण शाहको सम्झनामा राप्रपाले वर्षेनी विभिन्न कार्यक्रम गर्दै आएको छ ।”
पृथ्वीनारायण शाहकै योगदानका कारण नेपाली र नेपालको अस्तित्व छ । शाहलेनै आर्जेको र एकिकरण गरेको जगमा हामी छौ । राप्रपा विगतको भन्दा यस वर्ष भव्य रुपमा जन्मजयन्ती मनाएको राप्रपाका जिल्ला अध्यक्ष बेद बहादुर शाहीले बताए । उनले राप्रपाले मात्र नभई आगामी दिनमा अन्य पार्टी र सरोकारावाले पनि पृथ्वी जयन्तीलाई भव्य रुपमा मनाउनु पर्नेमामा जोड दिए ।



