
जुम्ला । प्रतिनिधि सभा सांसद छिरिङ ल्हामु लामा (तामाङ) र नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठबीच भेटबार्ता भएकाे छ ।
शुक्रबार सांसद लामा र मन्त्री श्रेष्ठ बीच मन्त्रालयमै भेटबार्ता भएकाे हाे । भेटमा मन्त्री श्रेष्ठलाई जुम्लाकाे सडक पूर्वाधार विकासलाई अघि बढाउन तथा कर्मचारी आपुर्तिमा पहल गर्न आग्रह गरेकाे सांसद छिरिङ ल्हामु लामा (तामाङ)ले बताईन् ।
उनले भनिन,”मैले मन्त्री ज्युलाई सडक डिभिजन जुम्लामा दरबन्दी अनुसार कर्मचारी नभएकाे,जग्गा अभावले कार्यालयमा भाडाकै घरमा रहेकाे,कर्मचारी जान नजमान्ने जस्ता समस्या सुनाएकाे छु । मन्त्री ज्युले जुम्लाका समस्या समधानका लागि विशेष पहल गर्ने प्रतिबद्दता गर्नु भएकाे छ ।”

केके समस्या समधान गर्न पहल भयाे ?
.सडक डिभिजन कार्यालय जुम्लाको आफ्नो कार्यालय निर्माणको लागि जग्गा उपलब्धताकाे,.सडक डिभिजन कार्यालय जुम्लामा ५ जना इन्जिनियर र १२जना सब-ईन्जिनियरको दरबन्दी भएपनि कार्यालयमा ६ जना मात्रै कार्यरत रहेकाेले तत्काल कर्मचारी पदपूर्ति गर्न पहल गरिएकाे छ ।
त्यस्तै,२०७९ आसोज महिनामा आएको अविरल वर्षाका कारणले अवरुद्ध कर्णाली राजमार्ग सुचारु गर्न विभिन्न क्षेत्रबाट भएको कामको भुक्तानी समयमा नहुँदा ठूलो असर परेकोले तत्काल बजेट व्यवस्थापनमा जाेड दिन आग्रह र जुम्लामा यान्त्रिक कार्यालय स्थापनाका लागि सहयाेग गर्न मन्त्रि ज्युकाे ध्यानकर्षण गराकाे सांसद लामाले कर्णाली पाेष्टलाई जानकारी दिईन् ।



