जुम्लाबाट ५ वर्षमा १ अर्ब ३६ करोडको स्याउ निर्यात

जुम्ला । जुम्लामा सधै सरकारी अनुदानकै नुन चालमको लागि लडाई मात्र हुदैन् । जुम्ला आयाति वस्तुमै निर्भर मात्र छैन् । सिजननुसार जुम्लाले करोडौको फलफूल तथा अन्नपात निर्यात पनि गर्छ । सहजै खाद्यको चामल नपाएको,नुनका लागि युद्ध लड्नु परेको दृष्यले जुम्लालाई विपन्नताको दृष्टीले हेरिएपनि वास्तममा जुम्ला उत्पादन र निर्यातमा उत्तिकै अब्बल सक्षम छ ।

अझ उपयुक्त मुल्य र बजारको सुनिश्चिता नहुँदा जुम्लाको उत्पादनबाट अपेक्षित लाभ लिन सकिएको अबस्था छैन् ।
जुम्लाको आर्थिक समृद्धी र किसानको आयस्तर बृद्धिको एक मात्र आधार स्याउलाई मानिन्छ । जुम्ली अर्गानिक स्याउको माग राष्ट्यि तथा अन्तरािष्ट्य बजारमा बढेपनि गुणस्तर उत्पादन,उपयुक्त मुल्य,बजारको सुनिश्चिता,लेवलिङ प्याकेजिङ जस्ता समस्याले जुम्लाको स्याउबाट किसानले अपेक्षित आम्दानी लिन सकेका छ्रैनन् ।

यदपी,बितेको पाँच वर्षमा जुम्लाबाट देश विदेशमा १ अर्ब ३६ करोड बढीको स्याउ निर्यात भएको छ । कृषि विकास कार्यालय,स्याउ सुपरजोनसंग एकिन तथ्यांक नभएपनि विगतका समचार लगायत अभिलेखलाई आधार मान्दा ५ वर्षमा १ अर्ब ३६ करोडबढीको स्याउ जुम्लाबाट निर्यात भएको देखिन्छ ।

तर उत्पादनका हिसाबले निर्यात निकै कम हो । कुल निर्यातको ५०÷६० प्रतिशत स्याउ मात्रै मुस्किलले बजारमा जान्छ । केहि स्याउ किसानले आफै उपभोग गर्छन् । भने केहि स्याउ भण्डार व्यवस्थित भण्डारण नहुँदा कुहिएर खेर जाने गर्छ । प्रयाप्त उद्योग नहुँदा भएकै उद्योगमा बत्ति नियमित नहुँदा कुहिएकै स्याउ पनि प्रयोगमा आउन सकेको छैन् ।

आर्थिक वर्ष २०७४÷७५ मा जुम्लाबाट १६ करोडको स्याउ निर्यात भएको देखिन्छ । भने आव ०७५÷७६ मा १७ करोड, आव ०७६÷७७ मा ३४ करोड १८ लाख ८० हजार बराबरको स्याउ निर्यात भएको थियो । त्यो वर्षमा १२ हजार २ सय १० मेट्रिकटन स्याउ उत्पादन भएको थियो ।

भने आव ०७७÷७८ मा भने झण्डै १२ हजार मेट्रिकटन स्याउ उत्पादन हुँदा झण्डै १९ करोडको स्याउ जिल्ला बाहिर निर्यात भएको कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ ।

भने,आर्थिक वर्ष ०७८÷७९ मा जुम्लामा करिब १९ हजार मेट्रिकटन स्याउ उत्पादन हुँदा झण्डै ५० करोड बराबरको स्याउ निर्यात भएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले जानकारी दिए । यसरी बितेको पाँच वर्षमा झण्डै १ अर्ब ३६ करोडबढीको स्याउ निर्यात भएको छ ।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख अधिकारीले आफु कार्यरत हुनु भन्दा अघिको उत्पादन तथा निर्यातको तथ्यांक संकलन गर्न लागेको उल्लेख गरे । उत्पादनको तुलनामा निर्यात कम छ तथ्यांकमा एकरुपता गर्न उत्तिकै समस्या छ । । उनले भने,“आर्थिक समृद्धी संग जोडिएको स्याउको बजार र मुल्य सुनिश्चित भएपछि मात्रै सबै उत्पादन बजारमा जान्छ । अहिले काँचो स्याउ लिने,पछि मुल्य नपाउने जस्ता समस्याले स्याउबाट अपेक्षित लाभ लिन सकिएको छैन् ।

साथै जुम्लाका १९ हजार घरधुरीमध्य १६ हजार घरधुरी स्याउ खेतीमै निर्भर छन् । गत आव ०७९÷८० सम्म जुम्लाको ४ हजार २५० हेक्टर क्षेत्रफलमा स्याउ खेती विस्तार भएको छ । भने ३३ सय हेक्टरमा १९ हजार मेट्रिकटन स्याउ उत्पादन भएको थियो ।
स्याउ खेतीमा पछिल्लो समय लगानी बढ्दै गएपनि काँचो स्याउ निर्यात हुँदा पहिचाननै संकटमा पर्ने स्थिती सृजना भएको छ ।

अब त्यसलाई रोक्न अन्तरक्रिया गर्ने देखि काँचो स्याउ लिँदा हुने बेफाईका बारेमा चेतना फैलाउन कार्यालय लागि परेको प्रमुख अधिकारीले जानकारी दिए ।
यस वर्षको आधिकारी तथ्यांक आउन बाँकी छ । यदपी गत वर्षको भन्दा यस वर्ष स्याउ उत्पादनले ४० प्रतिशतले घटेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०८० भाद्र २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस