जाल्पादेवीकाे बत्ती २४ सैँ घण्टा सुचारु,अध्याँराेमुक्त बन्दै ताताेपानीका बस्ती

जुम्ला । तातोपानी गाउँपालिका वडा नं ४ मा सञ्चालित जाल्पादेवी जलविद्युत आयोजनाको बत्ती २४ सैँ घण्टा सुचारु भएकाे छ ।  नियमित बत्ती आएसंगै ताताेपानीका दुई दर्जन गाउँ लोडसेडिङमुक्त भएका छन् । १६ करोड लगानीमा उत्पादन भएको दुई सय ३० किलोवाट क्षामताको जाल्पादेवीको बत्ती २४ सैं घण्टा सुचारु भएसंगै तातोपानी गाउँपालिका र चन्दननाथ नगरपालिका दुई दर्जन गाउँ लोडसेडिङमुक्त भएका हुन् ।

केहिसमय अघिदेखी तयारी गरीरहेको विद्युत आयोजनाले माघ २७ गतेदेखि तातोपानी गाउँपालिका वडा नं.२,३,४,५ र ६ र चन्दननाथ नगरपालिका वडा नं. ९ का गरी  गाउँ बस्तीमा २४ सैं घण्टा बत्ती सुचारु गरिएको जाल्पादेवी विद्युत आयोजनाका व्यवस्थापक जय प्रसाद गौतमले बताए ।
उनका अनुसार तातोपानी वडा नंं २,३,४,५,६ र  चन्दननाथ नगरपालिका वडा नं. ९ का बस्तिहरु अध्याराे मुक्त भएका हुन ।

शनिवारदेखि २४ सै घण्टा बत्ती सुचाई भईरहेकोले कोहि कसैले विना जाकारी पोल चड्ने तार हरु चलाउने जस्ता कार्य नगर्न समेत विद्युत आयोजनाले अनुरोध गरेको छ ।
हरेक दिन विहान ८ देखि १० बजे सम्म २ घण्टा मात्रै बत्ती नआउने समेत सूचना जारी गरिएको छ । निरन्तर चलेर ट्रवाईन लगायतका मेसिनलाई रेष्ट दिन २ घण्टा बत्ती बन्द हुने छ ।

जनशक्ति व्यवस्थापनसंगै दुई दर्जन गाउँलाई लोडसेडिमुक्त गर्न सफल भएको जाल्पादेवी जलविद्युत आयोजनाका अध्यक्ष दुर्गा प्रसाद पाण्डेले बताए ।

उनले भने,‘जनशक्ति नभएकै कारण हामी रोकिएका थियौ । हाम्रो डिजाईन २ सयकिलोवाटको भएपनि ३० किलोवाट बढीनै विद्युत उत्पादन छ । उपभोक्ताको मागलाई मध्यनजर गरी बत्ती २४ सैँ घण्टा सुचारु गरेका छौ । यसको व्यवस्थापन अझै चुनौतीपुर्ण छ ।’

उक्त आयाेजनाबाट १८ सय घरधुरी लाभान्वित हुने छन् । हाल १३ सयबढी घरधुरीमा लाईन विस्तार भईसकेकाे छ ।  नेपाल विधुत प्राधिरकण संगकाे समन्वयमा चन्दननाथ ९ मा समेत जाल्पादेवीकाे बत्ती विस्तार गरिएकाे छ ।

प्रकाशित मिति : २०८० माघ २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस