सुर्खेत । लगानी अभावले कर्णालीका सम्भावना ओझेलमा परेका छन् । सरकारी लगानी अप्रयाप्त भएकाे र बाह्य लगानी जुट्न नसक्दा कर्णालीका कृषि, पर्यटन, जल, जमिन, जडिबुटिकाे लगायतका सम्भावना ओझेलमा परेका हुन् ।
यदपी, कर्णाली प्रदेश सरकारले २०७६ साल देखिनै ‘कर्णाली लगानी सम्मेलन’ गर्ने भनेपनि अन्याैल हुँदै आएकाे छ । प्रदेश सरकार लगानीकाे लगन जुराउन नसक्दा कर्णालीका सम्भावनाहरु ओझेलमा परेकाे भन्दै नागरिकले गुनासाे पाेख्दै आएका छन्
लगानीकाे लगन कहिले जुर्छ ?जल,जमिन,जडिबुटि,पर्यटन क्षेत्रमा प्रयाप्त बजेट कहिले आउँछ ? राेजगारी बृद्दि कहिले हुन्छ ? बैंक तथा वित्तिय क्षेत्रकाे लगानी आम सर्वसाधारण मुखी कहिले हुन्छ भन्दै प्रश्न गरेका छन् । सुर्खेतकाे बुलबुले उधानमा जारी कर्णाली उत्सवकाे ‘लगानीकाे लगन’ शस्त्रमा स्थानीयले यस्ताे प्रश्न गरेका थिए ।
लगानीकाे लगन शत्रमा बाेल्दै कर्णाली प्रदेशका आर्थिक मामिला तथा याेजना मन्त्री बेदराज सिंहले कर्णाली प्रदेश सरकार लगानीकाे लगन जुराउन कसरतमा रहेकाे बताउनु भएकाे छ ।
मन्त्री सिंहले सरकारकाे आफ्नै लगानीले मात्रै कर्णालीकाे समृद्दी सम्भव नरहेकाेले लगानी जुटाउनु अत्याआबश्यक रहेकाे उल्लेख गरे ।
‘आगामी बैशाखकाे १९ र २० गते लगानी सम्मेलनकाे आयाेजना गर्ने गरि तयारी गरेका छाै’, उनले भने,’कर्णाली समृद्दिकाे मेरुदण्ड कर्णाली करिडाेर र भेरी करिडाेरमा लगानी आबश्यक छ । कृषि,पर्यटन,जलस्राेत,जडिबुटि लगाययतका सम्भावना पनि लगानी कुरिरहेका छन् । प्रयाप्त बजेट,नीतिकै अभावले सम्भावना ओझेलमा छन् । आगामी बैशाखमा कुनै पनि हालतमा आयाेजना गर्नेगरी लगानी सम्मेलनकाे तयारी भईरहेकाे छ ।’
मुलुकमा संघियता आएपनि वित्तिय संघियता कार्यान्वयनमा छैन । वित्तिय संघियताकाे जनताले अनुभूति गर्न पाएका छैनन् । केन्द्र सरकारले प्रदेशलाई अधिकार प्रत्यायाेजन गर्न कन्जुसाई गरेकाेले पनि उपलब्ध स्राेत साधनबाटै काम गर्न मुस्किल भएकाे अर्थमन्त्री सिंहले उल्लेख गरे।
उनका अनुसार कर्णालीकाे विकट भूगाेलनुसार पूर्वाधार क्षेत्रका प्रयाप्त लगानी आबश्यक छ । कर्णालीका ७९ वटा स्थानीय तहमध्य १० पालिका बाहेक सबै पालिकामा सडक पहुँच पुगेकाे छ ।
मन्त्री सिंहले कर्णालीमा लगानी गर्न ईच्छुक दातृ निकाय,विकास साझेदार तथा नीजि क्षेत्रलाई स्वागत गर्न तयार रहेकाे समेत उल्लेख बताए ।
पूर्वाधार क्षेत्रमा प्रयाप्त लगानी भएकाे खण्डमा कर्णालीका उत्पादनले सहजै बजार पाउने र कर्णालीकाे आर्थिक समृद्दिमा टेवा पुग्ने प्रदेश सरकारकाे विश्वास छ । यदपी लगानीकाे लगन जुर्न नसक्दा सम्भावना भएर पनि कर्णालीले राेग,भाेक,गरिबीकाे परिचय बदल्न सकेकाे छैन् ।
लगानीकाे लगन शत्रका अर्का वक्ता नविल बैंकका अध्यक्ष उपेन्द्र पाैडेल कर्णालीमा लगानी गर्न सबै बैंक तथा वित्तिय क्षेत्र तयार रहेकाे बताए । कर्णालीमा लगानी गर्नु पर्ने सम्भावना धेरै छन् ।
उनले भने,’तर सबै क्षेत्रमा लगानी गर्न पनि सम्भव छैन् । तर सरकार प्रथामिकीकरण गरेर याेजना छनाेट गरेकाे खण्डमा लगानी गर्न तयार छाै । बैंकले सुगम भन्दा बढी दुर्गममा लगानी गर्दै आएकाे छ । स्राेत परिचालन र उत्पादन बृद्दिका लागि लगानीमैत्री वातारबण बनाउन जरुरी छ ।
जलविद्युत,कृषि र पर्यटन क्षेत्रमा लगानी जुटाएकाे खण्डमा समृद्द कर्णाली बन्ने सम्भावना छ । यहाँका उधमी व्यवसायी तयार हुनु पर्याे बैंक तथा नीजि क्षेत्रले लगानी गर्छ । उधमशीलता त्यागेर विदेशीकाे संख्या बढीरहेकाे बेला लगानी गर्न नसकिने भन्दै उचित वातावरण बनाउन नविल बैंकका अध्यक्ष पाैडेलकाे भनाई छ ।
त्यस्तै उधाेग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नीजि क्षेत्र उत्साहित हुने र लगानी सुरक्षित तथा नागरिककाे हितमा हुने वातावरण नभए लगानी गर्न समस्या हुने बताए । कर्णालीका प्रचुर सम्भावनाले नीजि क्षेत्रलाई कर्णालीमा आर्कषित गरेकाे छ ।
उनले भने,’कर्णालीकाे पूर्वाधार तथा जलविद्युत क्षेत्रमा लगानी गर्न नीजि क्षेत्र तयार छ । प्रदेश सरकार मात्र नभई कर्णालीका व्यवसायी उमधी सराेकारवाला तयार हुन जरुरी छ ।’
साथै कर्णाली जस्ता विकट क्षेत्रकाे विकासका निम्ति संघिय सरकार बढी जिम्मेवार हुनुपर्ने अनुदार देखिन्छ । कर्णालीका सम्भावनालाई अबसरमा बदल्न ठाेस नीति तथा यूवा पलायन राेक्न याेजनामा सरकारले प्रथामिकता दिनु पर्ने बरिष्ठ उपाध्यक्ष श्रेष्ठले उल्लेख गर्नुभयाे ।



