कर्णाली सरकारबाट बाहिरियो काँग्रेस, मन्त्रीहरुको राजिनामासंगै समर्थन पनि फिर्ता

जुम्ला । कर्णाली सरकारमा सहभागी नेपाली काङ्ग्रेसका तीनै जना मन्त्रीले राजीनामा दिएका छन्। मंगलबा। पत्रकार सम्मेलन गर्दै उनीहरूले मन्त्री पदबाट राजीना दिनुका साथै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको जानकारी दिएका हुन् । मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको उनीहरुले बताएका छन्

कांग्रेसबाट आर्थिक मामिला थथा योजना मन्त्री बेदराज सिंह, सामाजिक विकासमन्त्री खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्ण कुमार बिसी रहेका थिए । मंगलबार पत्रकार सम्मेलनमा आफ्ना उपलब्धी उल्लेख गर्दै मन्त्री पदबाट राजिनामा र समर्थन फिर्ता लिएको उल्लेख गरेका छन् ।

केन्द्रमा सत्ता समीकरण फेरिएसंगै कर्णालीमा पनि मन्त्रीहरूले राजीनामा दिएका हुन् । नयाँ सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्नुपर्छ भनेर राजीनामा दिएको उनीहरूको भनाइ छ।

प्रकाशित मिति : २०८० फाल्गुन २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस