अब देशमा स्थिर राजनीतिक आवश्यकता : एमाले केन्द्रीय सदस्य योगी

जुम्ला – नेकपा एमाले पार्टीका केन्द्री सदस्य रतननाथ योगीले अब नेपालमा बहुमतसहितको स्थिर राजनीतिकको आवश्यकता रहेको बताए । उनले भने देशको समृद्धि भन्दा पनि सरकार ढाल्ने र बनाउने तिर बढी राजनीतिक दलहरु केन्द्रित हुन थालेका छन् । यसको मुख्य कारण भनेकै दलसँग बहुमत नभएरै हो । जसका कारणले देशका विकास निर्माण जनताका आवश्यकता ओझेलमा पर्ने गरेका छन् ।
अबको निर्वाचन मिसन ८४ मा नेकपा एमाले पार्टीले बहुमत ल्याउने गरी अभियान थालेको छ । त्यही अनुसार रणनीति पनि बनाएको छ । पार्टीलाई ठिक ढंगबाट अगाडी बढाउन, वैचारिक तथा सांगठानिक सुदृढीकरणका लागि दुई महिने ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरेको उनको भनाई छ ।
उनले आगामी २०८१ बैशाख १५ र १६ गते हुने नेकपा एमाले नवौँ जिल्ला अधिवेशनको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । केन्द्रीय सदस्य योगीले जिल्ला अधिवेशनमा सर्वसहमतिबाटै नेतृत्व चयन हुने अपेक्षा गरिएको छ । जीवन्त पार्टीमा विभिन्न पदको आकांक्षा हुनु स्वभाविक हो । उनले भने आन्तरिक प्रतिस्पर्धामा भाग लिन पार्टीले रोक्ने अवस्था हुदैन । नेकपा एमाले पार्टीले मिसन ८४ लाई लक्षित गरेको हुनाले जिल्ला अधिवेशन सर्वसहमतिमा हुने जोड गरिने छ ।
जिल्ला अधिवेशनबाट ९० सदस्यीय कमिटि चयन हुने छ । त्यसमा ७५ सदस्य भुगोल र १५ सदस्य प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट आउने केन्द्रीय सदस्य योगीले बताए ।

नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष शान्तिलाल महतका अनुसार व्यक्तिले उम्मेदवारी दिने पाउने तर, टीम गुट निर्माण गर्न पार्टीले रोक्ने छ । नवौँ जिल्ला अधिवेशन एकता, सर्वसहमति र सहकार्यको अधिवेशन हुने उनको दावी छ ।
सिमन ग्रासरुट अभियानबाट पार्टी बलियो, सुदृढ र व्यवस्थित भएको छ । अध्यक्ष महतले भने, नेकपा एमाले पार्टी लोकतान्त्रिक पार्टी भएकाले व्यक्तिले उम्मेदवारी दिन पाउने अधिकारलाई सम्मान गर्छ । तर, समूह निर्माण गर्न मिल्दैन् । समूह निर्माण गरी निर्वाचनमा जाँदा गुटउपगुट सृजना भई पार्टी आन्तरिक रुपमा कमजोर हुने महतले बताए ।
जिल्ला अधिवेशन सम्पन्न गर्न अध्यक्ष महतको संयोजकत्वमा मुल आयोजक समिति गठन गरेको प्रचारप्रसार विभाग संयोजक सुमन आचार्यले बताए । उनका अनुसार, पाँचवटा उपसमिति पनि गठन गरिएको छ ।
प्रतिनिधि व्यवस्थापन समिति, प्रचारप्रसार समिति, आर्थिक व्यवस्थापन समिति, अतिथि सत्कार समिति र स्वय ंसेवक समिति बनेका छन् । प्रत्येक वडाबाट २० जना संगठित सदस्यबराबर एकजना खुला जिल्ला प्रतिनिधिमा छनोट भएर आउने संयोजक आचार्यले बताए ।

प्रकाशित मिति : २०८० चैत्र ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस