अखिल(क्रान्तिकारी) जुम्लाको अध्यक्षमा धर्मराज रावल निर्वाचित,अन्य पदाधिकारीमा सहमति

जुम्ला । अखिल (क्रान्तिकारी) जुम्लाकाे अध्यक्षमा धर्मराज रावल निर्वाचित भएका छन् । १३ ओेै जिल्ला सम्मेलनकाे उद्घाटन पछि बन्द सत्रमा अध्यक्ष पदका लागि भएकाे निर्वाचनमा एक मतान्तरले ताताेपानी-३ का रावल अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्ष पदका लागि धर्मराज रावल र नगेन्द्र सेजुवालबीच प्रतिस्प्रर्धा भएकाे थियाे । मताधिकार प्राप्त प्रतिनिधि ८६ जना रहेकामा कुल ८४ मत खसेकाे थियाे । जसमा धर्मराज रावलले ३९ मत ल्याएर विजयी भए ।

भने, प्रत्यासी नगेन्द्र सेजुवालले ३८ मत प्राप्त गरे । झिनाे मतान्तरले मात्रै सेजुवालले हार व्यहाेर्नु पर्याे । साथै कुल खसेका मत मध्य ७ मत बदर भएका थिए । अध्यक्ष बाहेकका अन्य पदाधिकारी समहतीबाट चयन गरिएकाे अखिल(क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष अमरजंग शाहीले बताए ।

उनका अनुसार बरिष्ठ उपाध्यक्षमा सन्तोष आचार्य,उपाध्यक्षमा कनिस्टा बि.क चयन भएका छन् । भने सचिवमा प्रेम सिंह सुनार,सह-सचिवमा मान बहादुर बुढा,सह-सचिवमै हेम प्रकाश हमाल र काेषाध्यक्षमा सलिना सिंह सहित ४५ सदस्यीय जिल्ला सहमती चयन गरिएकाे केन्द्रीय उपाध्यक्ष शाहीले जानकारी दिए ।

नवनिर्वाचित अध्यक्ष धर्मराज रावलले संगठनकाे विधि पद्दतीनुसार दत्तचित्त भएर काम गर्ने बताए । संठगनकाे बृहत्तर हितका निम्ति हरेक समस्या चुनाैतीकाे डटेर सामना गर्ने र त्यसका लागि सबैकाे साथकाे अपेक्षा गरिएकाे उनकाे भनाई छ ।

सिंजाकाे नराकाेटमा पहिलाे पटक भएकाे जिल्ला सम्मेल सफलताका साथ सम्पन्न भएकाे आयाेजक कमिटीले जानकारी दिएकाे छ ।

प्रकाशित मिति : २०८१ भाद्र १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस