जुम्ला – कारागारमा रहेका कैदीवन्दीको क्षयरोग र एचआईभी परीक्षण गरिएको छ । जनस्वास्थ्य कार्यालय जुम्लाको प्राविधिक सहयोग र जिल्ला प्रहरी कार्यालय जुम्लाको आयोजनामा कैदीवन्दीको क्षयरोग र एचआईभी परीक्षण गरिएको हो ।
जेलर गयाप्रसाद पाण्डेका अनुसार यस कारागारमा ७ जना महिला, एक जना बच्चा र एक सय १५ जना पुरुष कैदीवन्दी रहेका छन् ।
जनस्वास्थ्य कार्यालय प्रमुख कृष्ण सापकोटाका अनुसार ९३ जना पुरुष र ५ जना महिलाको एचआईभी परीक्षण गरिएको हो । सवै जनाको रिपोर्ट नेगेटिभ आएको छ । एक सय १४ जना पुरुष र ५ जना महिलाको क्षयरोग परीक्षण गर्नका लागि खकार संकलन गरिएको छ । परीक्षण हुदैँछ । रिपोर्ट आउन १÷२ दिन समय लाग्छ ।
प्रहरी दिवसको अवसरमा निःशुल्क कैदीवन्दीको क्षयरोग र एचआईभी परीक्षण गरिएको डिएसपी छेदीलाल कामतिले बताए । उनले भने, सवै कैदीबन्दीलाई अस्पताल लैजान सकिदैन । कारागार भित्रै क्षयरोग र एचआईभी परीक्षण गर्ने व्यवस्थापन गरिएको हो ।



