जुम्लाका नौ हजार बढी घरधुरीमा खानेपानीका धारा

जुम्ला – जुम्लाका ८ स्थानीय तहका ६० वडामा २४ हजार ४२२ घरधुरी रहेका छन् । यस मध्ये ९ हजार ८८६ घरधुरीमा मात्रै एक घर एक खानेपानी धारा पुगेका छन् । अरु घरधुरीका नागरिकले सार्वजनिक धारा, कुवा, मुलधारा र नदीको पानी खाई रहेका छन् ।


खानेपानी, सिचाई तथा उर्जा विकास कार्यालय जुम्लाको तथ्यांक अनुसार १० हजार ३२९ वटा घरधुरीले सार्वजनिक धाराको पानी खादै आएका छन् । कार्यालय प्रमुख अक्कल महतका अनुसार कुवाको पानी खाने ५९ वटा घरधुरी, मुलधाराको पानी खाने ३ हजार ८७४ वटा घरधुरी, नदी खोलाको पानी खाने २१४ घरधुरी र अन्य पानीका स्रोतबाट पानी खाने ६० घरधुरी रहेका छन् ।

उनले भने, अहिलेसम्म ४० दशमलव ४७ प्रतिशत घरधुरीमा मात्रै एक घर एक खानेपानीका धारा पुगेको छ । हरेक घरमा खानेपानीका धारा पु¥याउने सरकारी लक्ष्य भए पनि पुग्न सकेका छैन् । जुम्लामा बृहत खानेपानीका आयोजना बन्दै छन् । निकट भविश्यमा सवै घरधुरीमा खानेपानीका धारा पुग्ने छन् ।

प्रकाशित मिति : २०८१ माघ २ गते बुधवार
प्रतिक्रिया दिनुहोस