जुम्ला । जुम्लामा उत्पादन हुने अर्गानिक स्याउकाे बजार प्रर्बद्वन गर्न काठ्मान्डाैंमा स्याउ महाेत्सव हुने भएकाे छ । भर्खर संचालनमा आएकाे कला घरकाे आयाेजनामा काठ्मान्डाैँमा भदाै २० गत स्याउ महाेत्सव हुने भएकाे हाे ।
जुम्लाबाट काठ्मान्डाैँ छिरेका यूवा गाेविन्द सुनारकाे अगुवाई तथा अन्य यूवाकाे साथले जुम्ली स्याउकाे बजारीकरण सहज बनाउन प्रचार प्रशारमा जाेड दिन पहिलाे पटक स्याउ महाेत्सवकाे आयाेजना गरेका हुन् ।
उत्सव मार्फत कर्णालीका स्याउलाई देशव्यापी चिनाउने, बजार विस्तार गर्ने र किसानलाई लाभ हुने वातावरण बनाउन ‘कर्णाली स्याउ उत्सव’ आयाेजना गरिएकाे कलाघरका संचालक तथा आयाेजक गाेविन्द सुनारले बताए ।
स्याउ महाेत्सव जुम्लाकाे स्याउकाे बजारीकरण गर्ने, विश्व सामु जुम्ली स्याउकाे महाेत्व बुझाउने एक उत्सव हाे । उनले भने,’भदाै २० गतेदेखि २२ गते तीन दिन सम्म स्याउ महाेत्सव आयाेजना हुने छ । काठमाडाैंको शङ्खमूल स्थित कला घरमा बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म उत्सव सञ्चालन हुने । महाेत्सवमा अर्गानिक स्याउ संगै जुम्लाकाे भाषा संस्कृति झल्कीने स्टल रहने छन् ।’
महाेत्सवमा स्याउका परिकारलाई स्टलका रुपमा बढी प्रथामिकता दिईने छ । जुम्लामा उत्पादन हुने विभिन्न प्ररकारका स्याउ उत्पादन भईरहेका छन् ।
महाेत्सवमा रेड डेलिसियस, रोयल, गोल्डेन, गाला, फुजी लगायत दर्जन भन्दा बढी प्रजातिका स्याउ प्रदर्शनीमा राखिने आयाेजक सुनारले जानकारी दिए । साथै, सुकाएको चाना, साइटर र ब्रान्डी लगायत पनि रहने छन् ।
प्रदर्शनी र अवलोकन मात्र नभई उपभोक्ताले आफ्ना आवश्यकता अनुसार प्रत्यक्ष खरिद गर्न सक्ने व्यवस्था गरिएको छ । कर्णालीको स्याउ स्वादका दृष्टिले देशभर परिचित भए पनि यसको बजार खपत बढाउन र ब्राण्डको रूपमा स्थापित गर्न पहिलोपटक औपचारिक रूपमा यस्तो उत्सव आयोजना गरिएको आयोजकको भनाइ छ ।
स्याउसँगै कर्णाली प्रदेशको मौलिक संस्कृति पनि उत्सवको मुख्य आकर्षण हुने जनाइएको छ । यस क्रममा धामी नाच, हुड्के नाच, मागललगायत सांस्कृतिक प्रस्तुतिहरू देखाइनेछन् । आयोजकले कार्यक्रम अवलोकन गर्न इच्छुक सबैलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको जनाएको छ ।
जुम्लामा यश वर्ष १३ हजार मेट्रिकटन स्याउ मात्रै उत्पादन हुने अनुमान छ । गत वर्ष २० हजार मेट्रिकटन स्याउ उत्पादन भएकाे थियाे ।
बजार र मूल्य नपाउँदा किसानले सास्ती पाउने गरेका छन् । विगतमा जुम्लामा पनि स्याउ महाेत्सवकाे आयाेजना गरिदैँ आएकाे थियाे । यदपी पछिल्लाे वर्षमा भने उक्त आयाेजना हुन छाेडेकाे छ



