जुम्ला । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन हुने मिति नजिकीदै गर्दा शहरदेखि गाउँमा चुनावी सरगर्मी ह्ववात्तै बढेको छ । जुम्लाका एक जना स्वतन्त्र सहित १० जना उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचनको समय छोटिदै जाँदा उम्मेदवार गाउँ गाउँमा पुगेका छन् । जुम्लाका १० उम्मेदवार मध्य एमाले, काँग्रेस, प्रलोपा र रास्वपाले चुनावी बाचा पत्र ल्याएका छन् ।
भने अन्य ६ उम्मेदवारले अझै चुनावी प्रतिबद्वता ल्याउन सकेका छैनन् । १० जना उम्मेदवार मध्य सामाजिक संजालमा बढी चहलपहल देखिएका भन्दा जनताका घरदैलोमा पुगेर समस्या सुनिरहेका, दुर्गम गाउँमा पुगिरहेका उम्मेदवारका विषय संजालमा कमै मात्राम आएका छन् ।
घरदैलोमा बढी पुग्ने, आफुले सुनाउने मात्र नभई जनताका कुरा सुन्ने, जनताकै खाने र विचार, सिदान्त र एजेण्डा बुझाउँदै चुनावी प्रचार अभियान चलाईरहेका एक उम्मेदवार हुन शान्तिलाल महत ।
२०५६ यताको विरासत जोगाउने दृढ लक्ष्य सहित चुनावमा होमिएका महतले जनताका आधारभूत समस्यालाई बुझ्न ठुला आमसभा, देउडा, भेला भन्दा पनि जनता भेटघाट तथा घरदैलो अभियानमा बेस्थछन् ।
२०७९ को निर्वाचनमा सांगठनिक मत सबैभन्दा बढी ल्याएर जुम्लामा पहिलो पार्टि बनेको एमाले ती मतलाई जोगाएर विजयी हुने दाउका साथ अघि बढेको छ । जनसम्पर्क राम्रो एमालेले उम्मेदवार पनि सादगी र निकै अनुभवले खारिएको व्यक्ति पाउँदा जनताले पत्याउने आधार बनेको छ ।

जुम्लाका १० जना उम्मेदवार मध्य जुम्लाकै दुर्गम तिला-९ को खोप्री गाउँका जनता संग भेटघाट गरेर महत फर्किएका छन्। खोप्री गाउँमा राप्रपाका ज्ञानेन्द्र शाही एमालेका शान्तिलाल महत बाहेक अरु पुगेका छैनन् ।त्यस्ता दुर्गम गाउँ पुग्नु भनेको आफ्ना चुनावी एजेण्डा सुनाउन पुग्नु मात्र होईन्, विकट गाउँका आबश्यकता, समस्या र नागरिकका भोगाई रअपेक्षा बुझ्नु पनि हो । जुन कुरा एमालेका उम्मेदार महतले आत्मसाथ गरी गाउँ गाउँ पुगेर घरदैलो गरिरहेका छन् ।
तिला गाउँपालिकाका दुर्गम ९ वटै वडामा चुनावी कार्यक्रम उत्साहका साथ सम्पन्न गरी तातोपानीका भेरीखोला क्षेत्रमा कार्यक्रम सकेर अब अभियान सिंजा क्षेत्र केन्द्रित भएको छ । एमालेका सबै नेता कार्यकर्ताहरु एक ढिक्का भएर चुनावमा होमिएपछि मतदातामा उत्साह समेत देखिको छ ।
निर्वाचन परिचालन कमिटीका संयोजक देविलाल थापाको नेतृत्वमा चुनावी प्रशारले तिब्रता पाएको छ । थापाकै नेतृत्वमा आठै पालिका, ६० वटै वडामा निर्वाचन कार्यक्रम भईरहेका छन् ।एमालेका उम्मेदवार शान्तिलाल महतले जुम्लामा एमालेको संगठन बलियो भएकाले जित्ने पक्का भएको बताए। सबै अनुहार परिक्षण भईसकेको, जनताले बुझिसकेकाले अहिले नयाँ मान्छेलाई अबसर दिन जनता आतुर रहेकाले आफ्नो जीत सुनिश्चित रहेकोमा जोड दिए ।
उनले भने,´बाहिर एमालेभित्र गुट छ । निर्वाचन परिणाम जेपनि हुन्छ भन्ने जस्ता फैलाईएको छ । तर एमाले भित्र अहिले गुट छैन् । पार्टीको अस्तित्व, २०५६ यताको विरासत जोगाउँन पार्टीका सबै तहका नेता एकढिक्का भएर चुनावमा होमिएका छौ । कोहि भ्रममा नर्पुन होला ।`
मैले गाउँ गाउँ पुगेर आफ्ना कुरा राख्ने हिड्ने तर जनताका गुनासा, प्रश्नलाई वास्ता नगर्ने प्रबृद्वीका विरुद्व आफुले घरदैलोमा पुगेर जनताका समस्या प्रश्न सुन्ने गरेको बताए ।

चुनावी कमाण्डर देविलाल थापाले एमालेको जीत निकाल्ने गरी चुनावी अभियानका दौडिएको बताए । निर्वाचन परिचालन समितिले सबै कार्यकर्तालाई आआफ्नो वडामा खटाईएको थापाले उल्लेख छ ।
सादगी, सरल, अनुभवी नेताको परिचय बनाएका उम्मेदवार महतले गाउँमा पुगेर आफ्ना कुरा राख्ने जनताका,गाउँका आबश्यकता,समस्या सम्भावना सबै बुझेर निर्वाचित भएपछि पूरा गर्ने प्रतिबद्वर्ता गर्दै आएका छन् । जनता संग भिजेका उम्मेदवार महतको जनसम्पर्क बाग्लीदै गएको छ । शनिवारदेखि एमालेको चुनावी अभियान सिंजा केन्द्रित हुने जनाईएको छ ।



