जुम्ला-कालिकोट जिल्ला अस्पतालमा सिजेरियन सेक्सन (सिएस) प्रविधिबाट एक गर्भवतीको सफल प्रसूति गरिएको छ । खाँडाचक्र नगरपालिकाकी २३ वर्षीया गर्भवतीको शल्यक्रिया प्रविधिबाट चैत ५ गते प्रसूति गराइएको हो ।
अहिले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको डा. रत्नवीर सुनारले बताए । उनले भने, ‘हामीले सिजेरियन सेक्सनबाट सफलतापूर्वक प्रसूति गराएका छौं । जिल्ला अस्पतालमा यो प्रविधिमा काम गर्न जटिल हुन्छ ।’
यो जटिल प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गर्न डा. रत्नवीर सुनार, डा. दर्शन पाण्डे, एनेस्थेसिया असिस्टेन्ट वीरवल चौधरी, नर्सिङ टोलीका बबिता ठाकुर, कविता शाही र सहयोगी चन्दा शाहीलगायतको टोली खटिएको थियो ।
प्रकाशित मिति : २०८२ चैत्र ६ गते शुक्रवार



