स्थानीय सरकारको सौतेनी व्यवहार: सोरुको सिड्डी र ख्याच गाउँका विद्यार्थीहरू जीर्ण र भत्किन लागेका भवन मा बसेर पढ्न बाध्य

मुगु । सहर र सुगम क्षेत्रहरूमा ठूला-ठूला पक्की विद्यालय भवनहरू निर्माण भइरहँदा  कर्णालीको प्रदेशको विकट मुगुको सोरु गाउँपालिकामा रहेका वडा नं ९सिड्डी गाउँमा अवस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय र सोरु गाउँपालिका वडा नम्बर ७ मा अवस्थित ख्याल्चा गाउँमा रहेको श्री पशुपति आधारभूत विद्यालय ख्याल्च पर्ने यी दुई विद्यालयहरूमा  भने आजको आधुनिक युगमा पनि बालबालिकाहरू गोबर र माटोले लिपेको जीर्ण कक्षाकोठा र खुला चौरमा बसेर पढ्न बाध्य छन्। मुगु जिल्लाको सोरु गाउँपालिका वडा नं. ७ र९ मा पर्ने सिड्डी र ख्याल्च म रहेका यी दुई  विद्यालयको यो दर्दनाक तस्बिर ले राज्यको शिक्षा प्रणाली र स्थानीय सरकारको प्राथमिकतामाथि गम्भीर प्रश्न खडा गरिदिएको छ।

विद्यालय भवनको अभाव: धुलो र माटोसँगै बालबालिकाको भविष्य।
सिड्डी गाउँका विद्यार्थी र ख्यालच गाउँमा रहेको विद्यालयका विद्यार्थीका लागि विद्यालय जानु भनेको ज्ञान आर्जन गर्नु मात्र होइन, दैनिक सास्ती भोग्नु पनि हो। विद्यालयमा पर्याप्त कोठाहरू नभएका कारण बालबालिकाहरू खुला चौरमा बसेर पढ्न विवश छन्। सोरुको वडा न७ पर्ने श्री पशुपति आधारभूत विद्यालयका कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूसँगै बसेर पढ्न बाध्य छन्। कक्षा कोठाको अभाव भवनजीर्ण बन्दै गएका कारण एउटै कोठामा बसेर पढाउन बाध्य भएको शिक्षक दान बहादुर रोकाय ले बताउनुभएको छ। आधुनिक डेस्क र बेन्च त यहाँका विद्यार्थीका लागि व्यवस्था भए तापनि।


विद्यार्थीहरू भुइँको धुलो र माटोमा बसेर अक्षर कोर्न बाध्य छन्। हिउँदको कठ्याङ्ग्रिँदो चिसो र बर्खाको झरीमा उनीहरूको बिचल्ली हुने गरेको छ। विद्यालय भवनका नाममा रहेका एकाधे कोठाहरू पनि गोबर र माटोले लिपिएका, अँध्यारा र भत्किनै लागेका जस्ता छन्, जसले जुनसुकै बेला दुर्घटना निम्त्याउन सक्ने जोखिम बढाएको छ। श्री पशुपति आधारभूत विद्यालयका कक्षा आठमा अध्ययनरत छात्रा विद्यार्थी बिर्सना कार्कीले भन्नुभयो ज्यानको जोखिम राखेर पढ्नुपर्ने बाध्यता छ पानी आउँदाखेरि कक्षा कोठाहरू पुरै भिजेको देखिन्छ। पानी नपर्दा खुल्ला चौरमा बसेर पढ्न बाध्य छौं अहिलेसम्म कुनै पनि स्थानीय सरकारले र संघ प्रदेशले यी विद्यालयलाई नहेरेको विद्यार्थीले दुखेसो पोखेका छन्


त्यस्तै पीडादायक शिक्षकको पनि शिक्षकहरूको आक्रोश: स्थानीय सरकारको सौतेनी व्यवहार यस विषम परिस्थितिका बीच अध्यापन गराइरहेका विद्यालयका शिक्षकहरू स्थानीय सरकारसँग निकै आक्रोशित छन्। सुगम र पहुँच भएका ठाउँहरूमा धमाधम बजेट जाने र भवनहरू बन्ने गरे ता पनि आफ्नो विकट गाउँलाई सधैँ उपेक्षा गरिएको उनीहरूको ठहर छ।

“स्थानीय सरकारले हामीलाई सौतेनी व्यवहार गरिरहेको छ,” नाम नबताउने सर्तमा एक शिक्षक ले दुःखेसो पोखे, “पहुँचवाला नेता र सुगमका विद्यालय ले सेवा सुविधा पाइरहँदा हाम्रो गाउँका गरिब र उत्पीडितका छोराछोरीले किन यो हविगत भोग्नुपर्ने? के यहाँका बालबालिकाले सुरक्षित वातावरणमा पढ्न पाउने अधिकार छैन र भन्दै
आक्रोशित नागरिक: “चुनावमा मात्र अनुहार देखाउँछन् नेता”

सिड्डी गाउँका स्थानीय नागरिकहरू आफ्ना जनप्रतिनिधिहरूसँग चरम रुष्ट छन्। सिंहदरबारको अधिकार गाउँगाउँमा आयो भनिए पनि आफूहरूले त्यसको महसुस गर्न नपाएको उनीहरू बताउँछन्।

“हामीले जिताएर पठाएका सोरु गाउँपालिका का जनप्रतिनिधि कस्ता छन्, उनीहरूको अनुहार कस्तो छ, हामीले अहिलेसम्म देख्न पाएका छैनौँ, सिद्धि गाउँका स्थानीय बासी नैनसिंह रोकाय ले आक्रोश पोखे, “चुनाव आउँदा मात्र विभिन्न राजनीतिक दलका नेताहरू गाउँ छिर्छन्। हामी जस्ता दुःखी, गरिब जनतालाई अनेकौँ आश्वासन दिएर भोट लुट्छन् र जितेपछि सहर र सुगम ठाउँमा गएर बस्छन्।”स्थानीय नागरिकहरू प्रश्न गर्छन्, “जुन गाउँको भोट खाएर उनीहरू नेता बने, आज त्यही गाउँका बालबालिका धुलोमा रोइरहेका छन्। अब फेरि चुनाव आउँदा कुन मुख लिएर यी नेताहरू हाम्रो गाउँमा आउँछन् होला?”

कहिले सम्बोधन होला सिड्डी र ख्याल्च गाउँको पीडा?

शिक्षालाई मौलिक हकका रूपमा संविधानमा लेखिए तापनि मुगुको यो विकट गाउँको अवस्था हेर्दा राज्य संयन्त्र लज्जित हुनुपर्ने देखिन्छ। धुलो र माटोसँगै साटिएको बालबालिकाको भविष्यलाई जोगाउन र सिड्डी गाउँको यो कालीलाग्दो पीडालाई अन्त्य गर्न स्थानीय, प्रदेश र संघीय सरकारले तत्कालै ध्यान दिनु आवश्यक छ। चुनावमा गरिएका बाचाहरू पूरा गर्दै जनप्रतिनिधिहरूले सुगमको मोह त्यागेर विकट गाउँको मुहार फेर्न अग्रसर हुनु नै आजको मुख्य आवश्यकता हो।

प्रकाशित मिति : २०८३ असार २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस