जुम्ला । लगातार चार–पाँच दिनदेखि परेको अविरल वर्षाका कारण तातोपानी गाउँपालिका–३ का गजबहादुर कार्की र वडा नं. २ की विमला दमाईको घरमा क्षति पुगेपछि प्रभावित परिवारलाई तत्काल राहत सामग्री वितरण गरिएको छ।
निरन्तरको वर्षासँगै घर भत्किएर बसोबासमा समस्या उत्पन्न भएपछि ३३ नम्बर गण सशस्त्र प्रहरी बलको टोलीले दुवै परिवारको घरमा पुगेर उद्धार कार्य गरेको थियो। उद्धारका क्रममा घरभित्र रहेका अन्नपात, भाडाकुँडा, लत्ताकपडा तथा अन्य आवश्यक सरसामान सुरक्षित स्थानमा सारिएको थियो।
विपद्पछि तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईं स्वयं पीडित परिवारको घरमै पुगेर किर्डाक नेपालको सहयोगमा तत्कालका लागि एक–एक सेट राहत सामग्री हस्तान्तरण गरेका हुन्।
प्रकाशित मिति : २०८३ साउन ९ गते शनिवार




