जुम्लामा युद्धकालीन बम विस्फोट हुँदा दुई जना घाइते

जुम्ला। जुम्लाको हिमा गाउँपालिका–ओदीमा युद्धकालीन बम विस्फोट हुँदा दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालका अनुसार घाइतेमध्ये एक जनाको अवस्था सामान्य छ भने अर्का १४ वर्षीय बालक गम्भीर घाइते भएका छन्।

दाहालले विस्फोट भएको बम युद्धकालीन रहेको जानकारी दिए। गम्भीर घाइते बालकलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ कार्तिक ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस