केपी सरकार जस्तो बर्तमान सरकार पनि गफाडी नहोसःसांसद महत

कर्णाली पोष्ट ।
प्रतिनिधिसभाका सदस्य गजेन्द्रबहादुर महतले विगतको केपी ओली नेतृत्व सरकार जस्तै वर्तमान देउवा नेतृत्व सरकार पनि गफाडी हुने हो की भन्ने चिन्ता लागेको बताए । भर्खरै बिदाई गरेको सरकारले जस्तो बर्तमान सरकार पनि गफ दिन थालेको उनको भनाई छ ।

मंगलबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद महतले नवनियुक्त ऊर्जामन्त्रीले गरिबहरूलाई निःशुल्क बिजुली दिने समाचारले आफूलाई चिन्तित बनाएको बताए ।

उनले मन्त्रीको अभिव्यक्ति झट्ट सुन्दा लोकप्रिय भए पनि कालान्तरमा जिब्रोको पासो हुने अभिव्यक्ति तर्क दिए । सरकार र मन्त्रीका कारण आफूले सांसदको लोगो लुकाएर हिँड्नुपर्ने अवस्था आएको समेत सांसद महतको भनाई छ ।

्उलने भने, पैसा दिन्छौ कर्णालीलाई बत्ती चाहियो भन्दा त नदिने सरकारले विपन्न गरिबलाई निशुल्क बत्ती दिने कुरा सस्तो लोकप्रियता मात्रै हुने उल्लेख गरे ।

प्रकाशित मिति : २०७८ साउन १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस