मध्य कर्णालीमा माछाको दिगो सदुपयोग र संरक्षण

जुम्ला ः मध्य कर्णाली नदीमा माछाको दिगो सदुपयोग र संरक्षणका लागि स्थानीय तहका जनप्रनिनिधि देखि माछा कृषक तथा व्यवसायीहरु जुटेका छन् । मध्य कर्णाली नदीको छेउछाउमा बसोबास गर्ने दैलेखको राकम कर्णाली डुगेश्वर, अछाम जिल्लाका तुर्मकाँध, कमजबजार र कालिकोटका नहरीनाथ हुम्मका स्थानीय नागरिकहरु यसमा जुटेका हुन् ।

युएसआईडीका सहयोग तथा रिसोर्सेस हिमाल फाउन्डेसन काठमाडौँ र सर्वाेदय नेपाल जुम्लाको आयोजनामा जलवायु लचिलो जीविकोपार्जनका लागि मध्य कर्णाली जलाशय माछा सञ्चयनका स्थानीय दिगो रणनीति निर्माण कार्यक्रम संचालन भएपछि विशेष गरी माछा कृषक र स्थानीय जनप्रतिनिधि दिगो सदुपयोग र संरक्षण अभियानमा जुटेका हुन् । रिसोर्से हिमालय फाउन्डेसन काठमाडौँका माछा विशेषज्ञ डा अरुणप्रसाद बैद्यले कर्णालीमा माछाको संख्या घट्दो क्रममा रहेको बताए । उनले भने मानवीय क्रियाकलापका कारण कर्णालीमा माछा संख्यामा घट्दो अवस्था आएको हो । माछाको दिगो सदुपयोग सँगसँगै संरक्षण गर्नुपर्ने उनले बताए ।

मध्य कर्णाली नदीमा तिन वटा ठुला बाँध निर्माण हुदैछन् उनले भने यसले गर्दा पनि माछाको प्राकृतिक वातारण विग्रने गर्दछ । त्यसका लागि नदीमा बाँध बाधेपछि मच्छे भ¥याङ निर्माण गर्नु पर्दछ र यसका लागि स्थानीयले सम्वन्धीत निकायमा आवाज राख्नु पर्ने उनले बताए । परियोजनाका टिमलिडर डा कमल अधिकारीले परियोजना संचालित क्षेत्रमा स्थानीयको अगुवाईमा माछाको दिगो सदुपयोग र संरक्षणका लागि विभिन्न समितिहरु गठन गरिएको बताए । उनले भने यस समितिले नै स्थानीय स्तरमा माछाको अनुगमन गरी संरक्षण गर्नुपर्ने दायित्व रहेको छ । यसै परियोजनाको माछाको दिगो सदुपयोग र संरक्षणका लागि अनुगमन, अभिलेखिकरण र स्थानीय तहलाई दिगो रणनीति निर्माण गरी सहयोग गर्ने उनको भनाई छ । कर्णाली नदीमा धेरै प्रजातीका माछाहरु छन् यिनै माछाको दिगो सदुपयोग र संरक्षण गर्ने परियोजनाको उद्देश्य रहेको छ । परियोजना संचालन क्षेत्रमा माछाको दिगो सदुपयोग र संरक्षणका लागि स्थानीयको अगुवाई समिति गठन गरी स्थानीय तह गाउँपालिकामा समिति दर्ता गर्ने प्रक्रियामा रहेको डा अधिकारीले बताए ।

प्रकाशित मिति : २०७५ असोज २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस