

गजल लेखक
गोर धौली सयपत्री, मखमली फुलेका छन् ।
गाम बेसीका खेतभरी, मार्सिधान झुलेका छन् ।।
शुभ आशिष बाडिकन, नाता दरो बनाएर,
दिदि बहिनी दाजुभाईका, हृदय पो खुलेका छन् ।।
मनभरी रहर बोकी, सारा युवा युवती नि,
देउसी भैलो खेल्दै रम्दै, गाउँवस्तिमा डुलेका छन् ।।
जिन्दगीको यात्रामा, दुख पिडा भए पनि,
मन भरिका वेदनालाई, फेरि चट्टै भुलेका छन् ।।
दाजु भाइ दिदी बहिनी, आफ्नतजन संगै वसी,
उत्साह र उमङ्गले, मन भित्र डुलेका छन् ।।
शुभ शुभ कामनाका, फेस्बुक सेयर गर्दा गर्दै,
आफ्नतजन सवैतिर, सवैका मन डुलेका छन् ।।
दाजु भाईका बैह्री दुस्मन, सारा सारा भस्म होउन्,
गाढा गाढा पृतिकाफुल, मनैभरी फुलेका छन् ।।
रमेश क्षेत्री,
कन्कासुन्दरी गाउँपालिका ३, गौरी जुम्ला)
प्रकाशित मिति : २०७५ कार्तिक १८ गते आइतवार