
जुम्ला ः कर्णाली राजमार्ग अन्र्तगत तिन महिना देखि अबरुद्ध नाग्म गमगढी सडक खण्ड सुचारु भएको छ । लगातारको हिमपात र बर्षाका कारण गत पुस अन्तिमदेखि यो सडक खण्ड अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालय जुम्लाले डोजरद्धारा सडकको हिउँ पञ्छाएपछि शनिबार रातिबाट सडक सुचारु भएको हो । महिनौपछि सडक पुन ः संचालनमा आउँदा मुगु र जुम्लाबासी तथा रारा आउजाउ गर्ने पर्यटकहरु खुशी भएका छन् ।
कनकासुन्दरी गाउँपालीकामा रहेको नेपाली सेनाको क्याम्पदेखि झारनाउला भन्ने स्थानसम्म मात्रै करिब ६ किलोमिटर सडक खण्डमा तीन फिट बढि हिँउ जमेको थियो । सडकको हिँउ पन्छाउने काम सकिएपछि नाग्म, गमगढि यातायात सेवा सञ्चालन भएको ब्यवसायी महेन्द्र बुढाले बताए । उनका अनुसार अवरुद्ध सडक खुलेपछि रारा घुम्न गएका पर्यटकहरु फर्किन थालेका छन् । यसअघि सयौँ आन्तरीक तथा बाह्य पर्यटक राराका होटलमै थन्किएका थिए । भने कतिपय दुर्घटनाको जोखीम मोलेर पैदल यात्रा गर्न समेत बाध्य थिए ।
सडकका इन्जीनियर श्रवणकुमार महताराले भने, ‘ठाँउ ठाँउको हिलो र अत्यधिक हिउँ पन्छाएर सडक शुचारु गर्न निकै कठिन भयो, सवारी संचालन भए, तर सडक स्तोरन्नतीको काम अँझै जारी छ ।’ सडक सुचारु भएपनि मौषममा पुर्ण सुधार नआएसम्म मालवहाक गाडी तथा ठुला सवारी नाग्म, मुगु आउजाउ गर्न संभव छैन । साना यात्रुवहाक गाडी संचालनमा आएपनि हिलो र चिप्लो सडकका कारण नेपालगंज, सुर्खेत लगाएत बाहिर जिल्लाबाट खाद्यन्न लिएर मुगु हिँडेका मालवहाक गाडी अँझै बाटोमै थन्किएका छन् । खाद्यन्न बोकेका गाडी बाटोमै थन्किदाँ मुगुमा खाद्यन्न अभाव हुँदै गएको छ ।