१२ औ बार्षिक उत्सवको अबसरमा एसियन लाईफ ईन्सोरेन्सद्धारा रक्तदान

सागर परियार

एसियन लाईफ ईन्सोरेन्स कम्पनी लिमिटेड जुम्ला शाखाले विहिबार रक्तदान गरेको । कम्पनी १२ औँ वर्षमा प्रबेश गरेको अबसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तादन कार्यक्रम गरिएको हो । आफ्नो जन्म उत्सवका बेलामा सामाजिक हितका लागि रक्तादान गर्ने पहिलो बिमा कम्पनी हो । एसियन लाईफ ईन्सोरेन्स कम्पन्नीका कर्मचारी,अभिकर्ता, तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थी कर्मचारीको सहभागितामा रक्तदान कार्यक्रम गरिएको छ ।

उक्त रक्तदान कार्यक्रममा, बिमा कम्पनीका तथा प्रतिष्ठानका कर्मचारी, विद्यार्थी गरी ९ जनाले रक्तदान गरेको एसियन लाईफ ईन्सोरेन्स कम्पनी लिमिटेड जुम्ला शाखा प्रबन्धक विर बहादुर भण्डारीले बताए । उनका अनुसार ९ जना बाट ९ पाउण्ड रक्तदान गरिएको छ । जुम्लामा रगत दिँदा कम्जोर भईन्छ, दिनु हुदैन् भन्ने संकुचन सोच तथा मानसिकताको अन्त्य गर्ने पनि हाम्रो अभियान हो । प्रमुख भण्डारीले भने, आम नागरिकको हित हुने गरी हाम्रो कम्पनीले रत्तदान कार्यक्रमको आयोजना गरेको हो ।

जुम्लामा विगतका वर्षमा रगतको अभाव हुन्थ्यो । नेपाली सेना, नेपाल प्रहरी गुर्हानु पथ्र्यो । तर अहिले प्रतिष्ठानमा रक्तसंचार केन्द्र स्थापना भएपनि रगत कमै हुन्छ । यो अबस्थालाई मध्यनजर एसियन लाईफ ईन्सोरेन्स कम्पन्नीले रक्तादन गर्नु निकै स्वागत योग्य काम भएको नागरिक समाजका अध्यक्ष राज बहादुर महतले बताए । उनका अनुसार बार्षिक उत्सव जन्मदिनहरु त्डकभडक गरी मनाउनु भन्दा सामाजिक हितका लागि गर्नु धर्म भएको उल्लेख गरे ।

 

कम्पन्नीको १२ औँ वार्षिक उत्सव कार्यालय भवन कालेखोलीमा केक काटेर मनाइएको कम्पनीका विएम, भगवती थापाले बताईन । उनका अनुसार कार्यक्रमका कम्पन्नीका सम्पुर्ण अभिकर्ता,एजेण्ड लगायतको सहभागिता थियो । एसियन लाईफ ईन्सोरेन्स कम्पनीले जुम्लामा रक्तादान लगायत विभिन्न सामाजिक हितका कार्यलाई आगामी दिनमा बढाउदै जाने लक्ष्य लिएको छ । विहिबार सम्पन्न रक्तदान कार्यक्रममा, ७० जना बढि सहभगिता थियो ।

प्रकाशित मिति : २०७५ चैत्र २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस