कर्णालीको कहर ः बर्खामा धुँलो र हिउँदमा हिलो !

                       सागर परियार


नेपालगन्जका अशोक विसी जुम्लामा हवाई अबरुद्ध भएका कारण पहिलो पटक कर्णाली राजमार्गको यात्रा गरे । आउन त जसोतसो नेपालगन्ज पुगे । तर कर्णाली राजमार्गको यात्रा यात्रा निकै रमाईलो र सहज होला भन्ने ठानेका उनले अब कहिले कर्णाली राजमार्गको यात्रा नगर्ने बताए । सानो गाडीमा जादा समयमै नेपालगन्ज पुगिन्छ भनेर आए, उनले भने, तर कर्णाली राजमार्गको जोखिमपुर्ण अबस्था छिचोल्दै राती ११ बजे पुरायो ।

न यता नउता होटल पनि बन्द, घरपनि पुग्न सकिएन । मध्यरातमा होटलका साउजी गुर्हानुपर्ने बाध्यता आईलाग्यो । त्यस्तै जुम्लाका हर्क महतका अनुसार कर्णालीमा अरु विकासले गति लिदै गएको र राजमार्ग झनै कष्टर तथा जोखिमयुक्त बन्दै गएको प्रति दुख व्यक्त गरे । समयमै पुगिन्छ भनेर मंहगो भाडा तिरेर आईयो अलपत्र पार्यो ।

उनलाई होटल गुर्हानु पर्ने बाध्या आईपर्यो । यस्तै कर्णालीमा राजमार्गका यात्रा गर्ने सयौ यात्रुहरुले सास्ती पाउदै आएका छन् । यसको मुल कारण बनेको खाल्डाखुल्डीको राजमार्ग छदैथियो, पछिल्लो समय ठाउँ ठाउँमा आएको सुक्खा पहिरोका कारण यात्रा निकै जोखिमयुक्त हुने गरेको छ । एक लेनको सडक त्यसैमाथि ठाउँ ठाउँमा आएको सुक्खा पहिरोले गाडीनै ढल्कीने गरी सडक बिग्रेको छ ।

सुधार हात्तीको देखाउने दाँत जस्तै छ । निकै जोखिम मोलेर यात्रा गर्न बाध्य भएको चालक उदब बस्नेत बताउन्छन् । उनका अनुसार कर्णाली राजमार्गका बारेमा सरकारले खासै प्रभावकारी काम गर्न नसकेको बताउन्छन् । सुक्खा पहिरोले गरेको ओटासिल पनि गईसक्यो, खाल्डा पुरिने कुरो समय भईसक्यो, सडककै धुँवो धुवाले गर्दा सकुशल मान्छे पनि यात्रा पछि विरामी हुने अबस्था छ उनले भने ।

यात्रु हर्क महतले एक कर्णालीको सडक नै ज्यान लिने र जोखिम पुर्ण छ । त्यसैमाथि थोत्रा सवारीले गर्दा यात्रा निकै कष्टकर हुन थालेको बताए । स्थानीय तथा प्रदेश सरकारले कर्णालीको आर्थिक समृद्धी र कर्णालीबासीको जीवनस्तर सुधारका लागि सडकको स्तरउन्नतीमा विशेष ध्यानदिनुपर्नेमा उनले जोड दिए । जहा दुर्घटनाको उच्च जोखिम छ । त्यहा सडकको अबस्था झनै जोखिम पुर्ण छ ।

हिउँदमा हिलो वर्खाका धुलोले कर्णालीबासीलाई सास्ती दिएको छ । अर्की यात्रु रामदेवीले भनिन, हिउँद लाग्ने वित्तिकै हिलोले सास्ती हुन्छ । भने वर्खामा धुलोले गर्दा विरामीनै हुने अबस्था आउन्छ ।

आखिर कर्णाली राजमार्गको दर्दनाक अबस्था कहिले सम्म हुने होला भन्दै दुख व्यक्त गरिन । प्रदेश सरकारले सडक सुरक्षाका कुरालाई योजना र भाषणमा मात्रै सिमित राखेको गुनासो गरिन । कालिकोट सडक खण्डमा सुक्खा पहिरोले धुलो धुवा, दैलेख खण्डमा झन खाल्डैखाल्डा ज्यानै थलिने यात्राले निकै कष्ट भएको बताईन ।

कर्णाली सडक स्तरउन्नती नहुँदा सडक खण्डमा पर्यटक अलपत्र पर्ने गरेका छन् । यो कर्णालीको लागि सबैभन्दा दुःखको बिषय हो । कर्णाली राजमार्गको दैलेख खण्डदेखि कालिकोटको खल्लागाड खण्डसम्म झण्डै दर्जन बढि ठाउँमा सडक अवरुद्ध हुदै आएको छ । निर्माण हुन लागेका पक्की पुलहरु पनि बनको छैनन् ।

कर्णाली प्रदेश सरकारले २०७५ साललाई रारा कर्णाली पर्यटन वर्ष घोषणा गर्यो । कर्णालीमा प्रायप्त पर्यटक भित्र्याएर आर्थिक समृद्धि हासिल गर्ने सपना बुनेपनि सडकको कहाली लाग्दो अबस्थाले गर्दा अबस्थाले सम्भव देखिदैन् ।

ज्यानै जिरिंग हुने यात्रा गरेर रारा पुग्नु पहिले पर्यटकहरु फर्किने तयारी गर्दछन् । आर्थिक समृद्धीको मेरुदण्ड मानिने सडक लाई बेवास्ता गर्नु आम कर्णाली बासीको लागि न्यायोचीत नभएको गुनासो छ । प्रदेश सरकारले सडक सुरक्षाको योजनालाई प्रभावकारी तरिकाले कार्यान्वयन गर्न नसक्दा २०६१ साल बाट आज सम्म कर्णालीबासीले हिउँदमा हिलो र वर्खामा धुलोले सास्ती हुने गरेको छ ।

प्रकाशित मिति : २०७६ बैशाख २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस