प्रशासनको छड्केमा परे ४९ जना राष्ट्सेवक कर्मचारी

जुम्ला ः चालु आर्थिक बर्षको साउन महिनाको तेस्रो साता जिल्ला प्रशासन कार्यालय जुम्लाको छड्के अनुगमनमा ४९ जना कर्मचारी कार्यालयमा उपस्थित नभएको भेटिएको छ । प्रशासनले चारवटा समुह बनाएर छड्के अनुगमन गरेपछि २८ सरकारी कार्यालयका ४९ जना कर्मचारीमा कार्यालयमा उपस्थित नभएको भेटिएको हो ।
सरकारी कार्यालयबाट भएको सार्वजनिक सेवा प्रवाह र कर्मचारीहरूको अवस्था सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, जुम्लाले चारवटा समूहमा विभाजन गरी आइतबार छड्के अनुगमन गरेको हो ।
अनुगमनको क्रममा नौ वटा कार्यालयमा कार्यालय प्रमुख कार्यालयमा उपस्थित रहेको, आठ वटा कार्यालयका कार्यालय प्रमुख कार्यालयको कामकाजको सिलसिलाम जिल्ला वाहिर काजमा रहेको र ११ वटा कार्यालयमा कार्यालय प्रमुख कार्यालयमा अनुपस्थित रहेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताईन् २८ वटै कार्यालयको हाजिरी किताब जिल्ला प्रशासन कार्यालयमा ल्याई रूजु गर्दा २८ वटै कार्यालयका जम्मा ४९ जना विभिन्न पदका कर्मचारी अनुपस्थित रहेको पाएको उनले बताईन् ।
अनुगमनको क्रममा कतिपय कार्यालयका कार्यालय प्रमुखले जिल्ला प्रशासन कार्यालय, जुम्लामा जिल्ला बाहिर जाने भन्ने पत्राचार गरेको तर आफ्नो कार्यालयको हाजिरी किताबमा सोको विवरण नजनाएकोेले अनुपस्थित कार्यालय प्रमुखको संख्या बढन गएको अनुमान गरिएको उनको भनाई छ ।
कार्यालयमा अनुपस्थित नभएका र हाजिरी किताबको अभिलेख अनुसार कार्यालयमा नभेटिएको कार्यालय प्रमुख ११ जना रहेका छन् । कृषि अनुसन्धान कार्यालय, जिल्ला हुलाक कार्यालय, नागरिक उड्यन कार्यालय, वनस्पति अनुसन्धान केन्द्र र साल्ट ट्रेडिङ कर्पाेरेसन शाखा कार्यालय प्रमुख रहेका छन् । त्यसैगरी कृषि ज्ञान केन्द्र, संघीय खानेपानी तथा ढल व्यवस्थापन, व्यवसायिक सिप विकास तालिम केन्द्र, जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालय, सहरी विकास तथा भवन कार्यालय र यातायात व्यवस्थापन कार्यालय रहेका छन् ।
यिनै कार्यालयका प्रमुख देखि कर्मचारी कति कामले कहाँ गएका हुन् भन्ने जानकारी हाजिरी किताब र प्रशासनलाई जानकारी नभएको जनाएको छ । जानकारी विना कार्यालयमा उपस्थित नहुने कार्यालय प्रमुख देखि कर्मचारीलाई निजामति कर्मचारी ऐन अनुसार कारवाही प्रक्रिया हुने प्रमुख जिल्ला अधिकारी बञ्जाडेले बताईन् ।
चालु आर्थिक वर्षको शुरूवातसंगै अनुगमन गर्दा गतवर्ष कार्यसम्पादनको क्रममा देखिएका समस्या र चुनौतीलाई सम्बोधन गर्न र समग्र जिल्लाको चालु आर्थिक बर्षको कार्य सम्पादन गर्नुपर्ने जिÞम्मेवारी पूरा गर्ने लक्ष्यका साथ अनुगमन गरिएको उनको भनाई छ । ।

प्रकाशित मिति : २०७६ साउन २० गते सोमवार
प्रतिक्रिया दिनुहोस