कर्णाली प्रदेश अस्पताललाई शिक्षण अस्पताल बनाइने, १० करोड रुपैयाँ विनियोजन

सुर्खेत । मुलुक संघीय संरचनामा गएसँगै क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेत प्रदेश अस्पतालका रुपमा परिणत भयो ।

आवश्यक पूर्वाधार र विशेषज्ञ उपकरणले भौतिक पूर्वाधारमा अब्बल बन्दै सेवा दिएको अस्पताललाई शिक्षण अस्पतालका रुपमा विकास गर्न थालिएको छ ।

सुर्खेतको क्षेत्रीय अस्पताल कालागाउँलाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने प्रदेश सरकारले योजना बनाएको छ ।

भौतिक पूर्वाधार, विशेषज्ञ र उपकरण उपलब्ध भएसँगै शिक्षण अस्पतालका रूपमा विकास गर्ने प्रदेश सरकारले योजना बनाएको हो ।

शिक्षण अस्पतालमा विस्तार गर्न संरचना निर्माण र जनशक्ति व्यवस्थापनको कार्य सुरु भइसकेको प्रदेश सरकारले जनाएको छ ।

कर्णालीमै दक्ष चिकित्सक उत्पादन गर्न र उपचारका लागि बाहिर जानु नपर्ने गरी अस्पतालको विकास गर्ने प्रदेश सरकारको योजना रहेको प्रदेश सरकारकी प्रवक्ता विमला केसीले बताए ।

कर्णाली प्रदेश अस्पताललाई नै शिक्षण अस्पताल बनाउन प्रदेश सरकारले सहमति दिएपछि सुर्खेतमा मेडिकल कलेज निर्माणको प्रक्रिया अघि बढेको हो ।

सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाले शिक्षण अस्पताल र प्राज्ञिक भवन अलग–अलग स्थानमा सञ्चालन गर्न तयारी थालेको छ ।

शिक्षण प्रयोजनका लागि प्रदेश अस्पताल कालागाउँ र आवासीय, प्रशासनिक तथा अन्य प्राज्ञिक प्रयोजनका लागि अहिलेको भौतिक संरचना पर्याप्त हुँदैन ।

शिक्षण अस्पतालका लागि ३ सय शयाको अस्पताल हुुनुुपर्छ ।

तर, अहिले भौतिक संरचनाले समेत शिक्षण अस्पताल सञ्चालनमा समस्या नहुुने प्रदेश अस्पताल कालागाउँ सुर्खेतका मेडिकल सुपरिटेण्डन डा। डम्मर खड्का बताउँछन् ।

संघीय सरकारले चालू आर्थिक बर्षमा सुर्खेतमा मेडिकल कलेज स्थापना गर्न १० करोड बजेट विनियोजन गरेको छ ।

कर्णाली सरकार मातहतको प्रदेश अस्पतालाई नै मेडिकल कलेज स्थापनामा संघीय सरकारलाई नै सघाउने भएको छ ।

ईमेज खबरबाट…….

प्रकाशित मिति : २०७६ पुष २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस