सागर परियार ।
क्यान्सर पिडित पुम्फा दमाईको चितवनको क्यान्सर अस्पतालमा उपचार शुरु भएको छ । शुक्रबार विहान विपि कोईरला मेमोरियल अस्तपालमा पुगे लगत्तै ईमेरजेन्सी वार्डको २ सय १४ नम्बर बेडमा उपचार शुरु भएको चितवनबाट पुम्फाको उपचारथ डाक्टर टोसिमा कार्कीले जानकारी दिईन् ।
उनका अनुसार क्यान्सर चौथो स्टेजमा पुगेको र अबस्था जटिल भएकोले सिधै शल्यक्रिया गर्न नमिल्ने अबस्थामा छ । त्यसभन्दा अघि रगत, पिसाब चेकजाँच गरिएको छ । भने डाक्टर टोसिमा कार्कीले कुरुवा खर्चका लागि पुम्फाका कुरुवालाई ५ हजार नगद समेत सहयोग गरेकी छन् । भने, सिटि स्क्यान, एक्सरे मासु चेक गर्न अझै बाँकी छ ।
पाठेघर, कलेजो सम्म पनि सर्न सक्ने भएकाले अनुसन्धान जारी रहेको छ । तीन पटक सम्म किमो गर्नुपर्ने र पछि सुधार भए मात्र शल्यक्रिया गरिने छ ।
केहि समयपछि केमो दिनुपर्ने भएकाले रोग संग लड्न सक्ने क्षामता बढाउन पोषण खाना खुवाउने गरिएको छ । स्वास्थ्य बिमा बोर्ड, अस्पतालको क्यान्सर सेवा समाजले पुम्फाको उपचारका लागि राहत प्रदान गरेको छ ।
अबस्था जटिल भएपनि महंगो पर्ने उपचार पनि निशुल्क रुपमा गर्न सर्जरी डाक्टरहरु तयार रहेका छन् । उपचार गर्न करिब ३ महिना लाग्ने भएको छ । यो बीचमा तीनपटक किमो दिने र सुधार भएमा बल्ल शल्यक्रिया गरिने जानकारी दिईन् ।
उपचार अवधिभर क्यान्सर अस्पतालमा रहेको क्यान्सर सेवा समाजले पुम्फाको रेखदेख समेत गर्ने भएको छ । भने, पुम्फालाई विहान बेलुका खाना र दिउसो नास्ता पनि अस्पतालले व्यवहोर्ने डाक्टर कार्कीले जानकारी दिईन् । क्यान्सर अस्पतालका डाक्टर गंगा सापकोटाले पुम्फाको निशुल्क शल्यक्रिया गर्ने समेत प्रतिबद्धता गरेका छन् ।
उनले समचार आईसकेपछि उपचार गर्न निकै आतुर थियौ । यस्तो लकेर पिडा खेपीरहेको विषयलाई बाहिर ल्याएर उपचारको व्यवस्था गर्ने पत्रकार सागर परियारलाई समेत धन्यबाद दिए ।
भने चिवन क्यान्सर अस्पतालको सर्जरी टिम पुम्फामै उपचारमा खटिएको छ । दुर्गम जुम्ला जस्तो ठाउँमा पिडा खेपिरहेकी आमालाई उद्दार गरी चितवन सम्म पुराउन अभियान चलाएकोमा पत्रकार परियारको प्रसंशम समेत गरेका छन् ।
चेतनाको अभावले रोग लुकाएर बस्ने महिलाअरु अझै धेरै रहेकोले खोज पत्रकारिता मार्फत यस्ता कुरा अस्पताल सम्म ल्याउन आबश्यक रहेकोमा डाक्टर कार्कीले जोड दिईन् । हरेक प्रदेशमा क्यान्सर सम्बन्धी उपचार हुने अस्पतालका व्यवस्था हुन जरुरी छ । जसले गर्दा पुम्फा जस्ता सयौ महिलाले बेलैमा उपचार पाउन् । त्यसका साथै चेतना विस्तारमा पनि जोड दिन आबश्यक रहेको छ । कारोबारकर्मी पत्रकार सागर परियारले क्यान्सर पिडित पूम्फाको समाचार लेखेपछि उपचारको बाटो खुलेको हो ।