कोरोना भाइरसबाट बच्न जुम्लामा सचेतना

मानदत्त रावल, जुम्ला ः चीनमा फैलिएको कोरोना भाइरसबाट बच्नका लागि जुम्लामा सचेतीकरण गरिएको हो छ । जिल्ला प्रशासन कार्यालय जुम्ला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल र जिल्ला प्रहरी कार्यालय जुम्लाको साझेदारीमा सचेतीकरण गरिएको हो ।
नोवेल कोरोना भाइरसबाट बच्ने उपाया र यसको लक्षणका बारेमा प्लेकार्ड सहित जुम्लाको सदरमुकाम खलङ्गा बजारमा ¥याली गरि आम नागरिकलाई सचेतीकरण गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् । एक महिनादेखि चीनबाट महामारीको रूपमा फैलिएको कोरोन भइरस विश्वका धेरै देशहरूमा फैलिएपछि जुम्लामा पनि अपवातमा फैलिन सक्ने भन्दै नागरिकलाई यस रोगका बारेमा सचेतना गराईएको प्रमुख जिल्ल अधिकारी बञ्जाडेले बताइन् । उनले भनिन् कोराना भाइरसका बिरुद्ध विश्व स्वास्थ्य संगठनले स्वास्थ्य आपतकाल घोषणा गरेसँगै नेपालले पनि सजगता अपनाएको छ ।
नोवेल कोराना भाईरसबाट बच्ने उपाया र त्यसका लक्षणका बारेमा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका चिकित्सक देवेन्द्रमान पालिखेले जानकारी दिएका थिए । चिकित्सक पालिखेले भने चीनमा फैलिएको निमोनिया जस्तै मानिसको मृत्यु गराउने कोरोना भाइरसको संक्रमण जुम्लामा पनि आउने सक्ने भन्र्दै नागरिकलाई सचेतना गरिएको बताए । उनले रुघाखोकी लागेका सामान्य रुपमा नलिएर चिकिसत्कको सल्लाहा लिन नागरिकलाई अनुरोध समेत गरे । उनले भने कुनै पनि मानिसलाई झाडापखाला निमोनिया जस्ता लक्षण देखा पर्न बितिकै स्वास्थ्य संस्थामा चेकजाँच गराउन सुझाए ।
जुम्ला जिल्ला चिनसँग सीमा नजोडिएको भएपनि जुम्लामा हवाइ जहाज मार्फत हुम्ला मुगु लागयतका नागरिकको आवत जावत बढी नै हुने गर्दछ । जसका कारण जुम्लामा कोरोना भाइरस फैलिएको खण्डमा प्रतिष्ठानले छुटै युनिट खाडा गरेर उपचार गर्ने तयारीमा रहेको छ ।
प्रहरी नायव उपरिक्षक लालबहादुर धामीले कोरोना भाइरस लगायत बिभिन्न रोगबाट बच्न यसका लक्षणका बारेमा नागरिक प्रष्ट हुन जरुरी रहेको बताए । उनले भने कोरोना भाइरस एक सरुवा रोग हो । त्यसैले यसबाट बच्न स्वयम आफै सचेत र सजक हुन आवश्यक छ ।
कोराना भाईरसका लक्षण ज्वरो आउनु र खोकी लाग्नु, छिटोछिटो सास फेर्नु, श्वासप्रश्वासमा कठिनाइ हुने लगायतका हुने भएकाले यस्तो अबस्थामा घरमै नबसी नजिकको स्वास्थ्य संस्था एवंम कर्णाली स्वास्थ्यबिज्ञान प्रतिष्ठानमा आई समयमै उपचार गराउन आम नागरिकलाई आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : २०७६ माघ २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस