नसर्ने रोग बारे अभिमुखिकरण


जुम्ला ः जुम्लाको चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाले जनप्रतिनिधि र सरोकारवालालाई एक दिने नसर्के रोग सम्बन्धी जनचेतनामुलक अभिमुखीकरण गरेको छ । नगरपालिका प्रमुख कान्तिका सेजुवाले नगरपालिका भित्रका जनप्रतिनिधि र यहाँका सरोकारवालालाई नसर्ने रोग बारे थाहा पाउन र नगरपालिकाका स्थानीयलाई स्वास्थ्य बनाउन स्वास्थ्य क्षेत्रमा आबश्यक बजेट विनियोजन गरी औषधिको व्यवस्थापन गरिएको बताइन् । नगरवासीलाई सफा र स्वस्थ्य बनाउन अभिमुखिकरणले स्थानीयसम्म पुराउन सबै वडाका जनप्रतिनिधिलाई धैरै मद्दत पुराउनले प्रमुख सेजुवालले बताइन् ।

जनप्रतिनिधि र सरोकारवालालाई नसर्ने रोगबारे अभिमुखीकरण गर्नु हुदै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठिानमा कार्यरत प्र.डा.सुनिल बुढाथोकीले आफु स्वास्थ्य भए आफ्नौ घर आगाँन देखि परिवार र समाज स्वास्थ्य रहने भएकाले यहाँका स्थानीय सरकारले आफ्नौ क्षेत्रका नसर्ने रोग र सर्ने रोग बारे जनचेतना गरिएको बताए । राज्यले कर्णालीका जनतालाई स्वास्थ्य क्षेत्र ठुलो संरचना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरी यहाँका नागरिकलाई स्वास्थ्य क्षेत्रमा लाभ मिलेको र यहाँका नागरिकले अब नेपालगंज र काठमाण्डौ जानुपर्ने दिन गएकोले नगरपालिकाको स्वास्थ्य शाखासँग समन्वय गरेर प्रतिष्ठान सधै यहाँका नागरिकलाई रोगबाट मुक्त गर्न बिभिन्न प्रकारका स्वास्थ्य सम्बन्धीका रोग बारे सचेतीकरण गरिएको उनले बताए ।

जुम्ला अर्गानिक जिल्ला घोषण भएकाले यहाँ उत्पदान हुने स्थानीय खाना र फलफुलमा जोड दिए आफ्नौ स्वास्थ्य फुर्तिलो हुने र यहाँको रैथानी अन्य बाली र फलफुल बाट केही रोगको राम्रो उपाचार हुने प्र.डा. संजेल बताए । नेपालमा हाल सुतिजन्य पदार्थ सेवन गर्ने ३१ प्रतिशत मानिस रहेकोले यसलाई कम गर्न स्थानीय सरकार र सबै लागी लक्षित वर्गसम्म यसबारे व्यापक जनचेतना गनुपर्ने उनले बताए ।

प्रकाशित मिति : २०७६ फाल्गुन १० गते शनिवार
प्रतिक्रिया दिनुहोस