कोरोना भाइरसबाट बच्न सर्तकता, विदामा बसेका स्वास्थ्यकर्मीलाई हाजिर हुन निर्देशन

जुम्ला ः नोबेल कोरोना संक्रमणबाट बच्नका लागि हिमा गाउँपालिकाले उच्च सर्तकता गर्नुका साथै गाउँपालिका भित्रका संस्था संस्थाका विदामा बसेका स्वास्थ्यकर्मीलाई कार्यालयमा हाजिर हुन निर्देशन गरिएको छ । गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत टोपबहादुर बुढाका अनुसार विदामा बसेका स्वास्थ्यकर्मीलाई तीन भित्र कार्यालयमा हाजिर हुन निर्देशन गरिएको बताए । स्वास्थ्य चौकीमा आवश्यक औषधिको पनि पुर्ण व्यवस्थापन गरिएको उनले बताए ।
उनले भने विश्वमा फैलिएको कोरोना भाइरस फैलिने सम्भावना भई नेपाल उच्च जोखिममा रहेको सन्दर्भमा गाउँपालिका अन्तरगत रहेका स्वास्थ्य संस्थामा कार्यरत सम्पूर्ण कर्मचारी स्वास्थ्यकर्मीहरुले तालिम, गोष्ठी सेमिनार र विदामा नजान भन्ने नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय भए अनुसार कार्यन्वयन गर्न गराउन समेत जानकारी गराएको छ ।
अहिले यस गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा रहेका स्वास्थ्यकर्मी मध्ये तीन जना विदामा रहेको स्वास्थ्य सहसंयोजक मेनका देवकोटाले बताए । उनले भनिन् विदामा बसेका स्वास्थ्यकर्मीलाई जानकारी गराएका छौँ । उनीहरु छिट्टै कार्यालयमा हाजिरी हुने छन् ।
बड्की स्वास्थ्य चौकीमा ७ जना स्वास्थ्यकर्मी मध्ये १ जना अनमी विदामा छन् । त्यसैगरी प्रथामिक स्वास्थ्य केन्द्रमा ७ जनामा मध्ये २ जना अनमी विदामा रहेका छन् । महावैपाथरखोला स्वास्थ्य चौकीमा ७ जना मध्ये १ जना अनमी विदामा रहेको सहसंयोजक देवकोटाले बताइन् ।

प्रकाशित मिति : २०७६ फाल्गुन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस