
सागर परियार, कर्णाली विकासको मेरुदण्डका रुपमा हेरिएको कर्णाली करिडोरलाई गौरबको आयोजना निर्माण कार्य भईरहेको छ । कर्णाली सरकारको पहिलो प्रथामिकता रहेको हिल्सा नाका जोड्ने कर्णाली करिडोर निर्माणमा नेपाली सत्रियताका साथ लागिरहेको छ । चिनिया सरकारको समेत रुचीमा परेको कर्णाली करिडोर निर्माणका लागि करिब ६४ अर्व लाग्ने अनुमान छ ।
चिनिया राष्टपति सिजिङपिङको नेपाल भ्रमणमा संघीय सरकारले कर्णाली करिडोर अर्थात ‘जमुनाह–सुर्खेत–हिल्सा फास्ट ट्रयाक’ लाई छलफलको एजेण्डामा समावेश गरेपनि चिनले दिएको ५६ अर्वको गौरबको आयोजना भित्र कर्णाली करिडोर परेन् ।
बाह्य लगानी बिना निर्माण असम्भव रहेको करिडोरका अहिले नेपाली सेनाले भने चटन फाड्ने कामलाई अघि बढाएको छ । कालिकोटको हुम्लबजार पारीपट्कीको करिब १ किलामिटर कडा चटनलाई फोड्न विगत एक महिनादेखि ब्लाष्ट गर्दै आएको छ । कालिकोट स्थित (लालीघाट) पोष्टको नेपाली सेनाले कर्णाली करिडोरको नयाँ ट्रयाक खोल्नका लागि जोखिम मोल्दै चटन फोडीरहेको छ । आईतबार ब्लाष्टका गर्दा राजमार्गमा यातायता रोकिएको क्रममा निर्माणसंचारकर्मी सागर परियार गरेको कुराकानीमा सेनाले १ किलोमिटर लामो चटन फाड्दै आएको बताए ।
(लालीघाट)का सेना ईन्द्रजित घर्ती सहितको टोलीले विगत एक महिनादेखि हुल्मबजार पारीपट्ीको कडा चटन ब्लाष्टीङ गरेर भत्काउने काम गरिरहेको छ । ब्लाष्टीङा सहभागी सेना ईन्द्रजित घर्तीका अनुसार अहिले सम्म करिब ५० मिटर बढी चटन फोडेर सकिएको र बाँकी ५ मिटर चटनमा ब्लाष्ट गर्ने काम जारी रहेको बताए । हप्ताको दुई पटक हुने ब्लाष्टका कारण कर्णाली राजमार्गमा ब्लाष्ट अवधिभर यातायात र मानिसको आवत जावत बन्द हुने गरेको घर्तीको भनाई छ ।
ब्लाष्ट अवधिमा आवतजाव नगर्न भन्दा पनि मानिसहरुले अटेरी गरेका कारण जोखिम बढेको समेत बताए । हुल्मबजार पारीपट्ी गरिएको ब्लाष्टले राजमार्ग समेत प्रभाव पार्ने भएकाले केहि समय यातायात समेत रोकिने गरेको छ । नियमित भईरहेको ब्लाष्टले कर्णाली करिडोरको नयाँ ट्रयाक खोल्ने र त्यसपछि डोजर लेवरहरु कामलाई अगाडी बढाउने भएका छन् । हाल सम्म कर्णाली करिडोरको लागि प्रयाप्त बाह्य लगानी जुट्न नसकेपनि हालका लागि नेपाली सेनाले चटन फोडेर ट्रयाक खोल्ने काम गरिरहेको हो ।
कर्णालीको भौतिक पुर्वधार विकास, सामाजिक विकास, उत्पादन र उद्योग, पर्यटन र वातावरण र सुशासन विकासलाई प्राथमिकतामा नमुना कर्णालीको लक्ष्य राखिएको प्रदेश सरकारले बताएको छ । कुल ६४ अर्बको लगानीमा ५४ महिना भित्र ४ सय १० किमि सडक निर्माण हुने छ ।
उक्त सडक निर्माणपछि सुर्खेतबाट हिल्सा नाकामा ८ देखि १० घण्टामा पुग्न सकिने छ । भने, भारत–नेपाल र चीन जोड्ने यो सडक आयोजना निर्माण भएमा कर्णाली, पाँच नम्बर प्रदेश र सुदूरपश्चिम प्रदेशलाई व्यापारीक मार्गको रुपमा जोड्दै भारत –चीन व्यापारलाई पनि सहज हुने छ ।