हुम्लाको यल्वाङ्गमा हेल्थ डेक्स स्थापना

 

जुम्ला -कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पठाएको चिकित्सकको टोली हुम्ला पुगे संगै चिन संग सिमा जोडिएको हिल्सा नाका नजिक हेल्थडेक्स स्थापना गरिएको छ । हिल्सा नाका नजिक नाम्खा गाउँपालिकाको यल्वाङ्गमा हेल्थडेक्स स्थापना गरी चेकजाँच शुरु गरिएको हुम्लाबाट सिनियर अहेब कमेन्द्र न्यौपानले बताए ।

उनका अनुसार ३ गते देखि ४ गते सम्म करिब २ सय १५ जनालाई चेकजाँच गरिएको छ । साथै हुम्ला स्थित विभिन्न विद्यालय तथा गुम्बाहरुमा समेत कोरोनाबाट कसरी बच्ने भन्ने बारे सिकाइएको छ ।

जुम्ला प्रतिष्ठानबाट गएको डाक्टर अशोक कुमार गौतम, सिनियर अहेब कमेन्द्र न्यौपाने, ल्याब टेक्निसियन गोविन्द न्यौपाने र हुम्लाका दुईजना स्वास्थ्यकर्मी कान्छो लामा र टोमा लामा गरी पाँचजनाको टोलीले नियमित चेकजाँच गरिरहेका छन् । हिल्सा नाकामै हेल्थ डेक्स राख्ने भनिएपनि बाक्लो हिउ जमेका कारण जान कठिन भएकालेले सिमानामै पर्ने यल्वाङ्गमा हेल्थडेक्स स्थापना गरिएको छ ।

चिकित्सक कमेन्द्र न्यौपानेका अनुसार हामी पुग्नु पहिले केहि त्रास भएपनि अहिले सर्वसाधारण ढुक्क छन् । हिमपातका कारण चिन संग सिमाना जोडिएको हिल्सा नाका पुग्न नसकिएपनि हिल्सा नाकाको बाटोमा पर्ने सबैको आवतजावत हुने यल्वाङ्गमा हेल्थ हेक्स स्थापना गर्दा चेकजाँच प्रभावकारी भईरहेको छ ।
भने हाल सम्म कोहि पनि कोरोनाका संक्रमित नभेटिएको उनको भनाई छ । सार्वजानिक यातायातमा कोरोनाको जोखिम बढी हुन सक्ने भन्दै मुगु, जुम्ला कालिकोट प्रशासनले कडाई गर्न उनको सुझाब छ ।

प्रकाशित मिति : २०७६ चैत्र ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस