जुम्ला ः कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई सावुन पानी अर्थात सेनीटाइजरले राम्रोसँग हात धुन लगाएर मात्र जिल्ला प्रहरी कार्यालय जुम्लाको हाताभित्र पठाउने गरेको छ । जिल्ला प्रहरी कार्यालयको मुल गेटमा सावुन पानी र सेजीटाइजर राखिएको छ । कार्यालयमा सेवा लिन आउने सवै सेवाग्राही र कार्यालय भित्र बाहिर गर्ने आफ्नो प्रहरी जवानलाई समेत हात धुन लगाएर भित्र जाने व्यवस्था गरेको हो ।
कोरोनाविरुद्ध सेवाग्राही अर्थात स्थानीयलाई सचेतीकरण गर्नका लागि यस्तो काम सुरु गरिउको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताए । उनले भने यहाँको यस्तो प्रकार कुरालाई सेवाग्राहीले देखेर आफ्नो घरमा पनि सिको गरुन भन्ने उद्देश्यका साथ यस्तो सावुन पानीले हात धुन लगाउने गरेको हो ।
विश्वमा फैलिएको कोरोना भाइरसका बारेमा आम नागरिकलाई सचेतना गराउनका सार्थ कसरी बच्न सकिन्छ र यसका लक्षणका बारेमा पनि कार्यालयमा सेवालिन आउने सेवाग्रामीलाई सिकाउने गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको । शौचालय गईसकेपछि, फोहोर छोएपछि, साबुनपानीले अनिवार्य हात धुन, गाईबस्तुसँग टाढा रहन, माछा मासु राम्ररी मात्र पकाएर खान समेत सिकाईएको छ ।
कोराना भाईरसका लक्षण ज्वरो आउनु र खोकी लाग्नु, छिटोछिटो सास फेर्नु, श्वासप्रश्वासमा कठिनाइ हुने रहेका छन् भने बच्ने उपाया राम्रोसँग साबुन पानीले हात धुने, ज्वरो आउने घाटी दुख्ने भएमा अस्पताल जाने, रुघाखोकी र ज्वरो आउने व्यक्तिसँग नजिक नजाने, पशुपक्षीबाट टाढा रहने र मासु अण्डा राम्रोसँग पकाएर खाने गर्नुपर्ने जस्ता बच्ने उपाय सिकाएको जनाएको छ ।
कोरोनाविरुद्धको सचेतना ः सेवाग्राहीलाई हात धुन लगाउदै प्रहरी
प्रकाशित मिति : २०७६ चैत्र ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस