बाटोमा अलपत्र परेकी १८ दिने सुत्केरीको उद्धार

 

जुम्ला ः कनकासुन्दरी गाउँपालिकाले बाहिरबाट पालिकामा आउने र मुगु जिल्लामा जाने बीच बाटोमा अलपत्र रहेका यात्रुलाई गाडी लिएर मुगुको सिमना घुच्ची लेकसम्म पुर्याउन गरेको छ । मुगु रारा छायानाथ नगरपालिका १० की १८ दिने सुत्केरी पवित्रा चौलागाईलाई गाडीमा राखेर मुगुको सिमानासम्म पुर्याएर सहयोग गरेको प्रमुख प्रशासकिय अधिकृत विपेन्द्र अधिकारीले बताए । उनी पतिसँग काठमाडौँमा बस्दै आएकी रहिछन् । कोरोना भाइरसको त्रासले गृह जिल्ला मुगु आउने क्रममा गाडी विग्रेपछि बोतामालिका गाउँमा भेटिन् ।
उनले भने १ नम्बर वडापालिकामा जानेक्रममा राती बोतागाउँमा भेटपछि उनीसहित ५ जनाको समुह थियो । सवै जनालाई बुलबुलेमा खाना र बस्ने कोठाको व्यवस्थापन गरि विहान मुगु तर्फ पठाएको हो । कोरोना भाइरसको त्रासपछि आफ्नो गृह जिल्लामा आउने क्रममा बीच बाटोमा अलपत्र परेको अवस्थामा पालिकाले उद्धार गर्ने गरेको उनले बताए ।
त्यसैगरी पालिकाले बाहिर जिल्लाबाट आएका सिँजा हुदै मुगु जिल्ला जाने विद्यार्थीहरुलाई पनि गाडीमा लिएर मुगुको सिमना घुच्ची लेकसम्म पुर्याउने गरेको छ ।

मास्क र साबुन वितरण
गाउँपालिका – १ वडा कार्यालयले कोरोना भाइरसबाट बच्नका लागि वडापालिका भरीका प्रत्येक घरधुरी सदस्यलाई माक्स र सावुन वितरण गर्दै आएको छ । वडापालिकामा रहेका १७ सय घरपरिवारका सदस्यलाई माक्स र साबुन वितरण गरिएको हो । यस भाइरसबाट बच्नका लागि सवै भन्दा उत्तम उपाया भनेको सफासँग सावुन पानी हात धुने, भिडभाडमा नजाने र मास्कको प्रयोग गर्नुपर्ने हुन्छ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दामोदर आर्चायले भने होम क्वारेन्टाइनमा बस्नु पर्दछ । अहिले यहाँका आम नागरिकलाई यहि विधि नै सिकाउने गरेका छौँ ।

वडाध्यक्ष हरिबहादुर भण्डारीले कोरोना भाइरसले देश संकटमा परेको अवस्थामा सावुन र माक्स बोकेर नागरिकको घरदैलोमा पुग्ने गरेको बताए । उनले भने सवै भन्दा पहिला हामीले रोग लाग्नबाट बच्नका लागि सावधानी अपनाउन नै उत्तम हुन्छ । भिडभाडमा नगएर घरभित्रै बस्न आवश्यक भएकाले सवै नागरिकलाई सम्झाउने गरेको उनले बताए । वडा भरीका सवै घरधुरीमा पुगेर सवै परिवार सदस्यलाई माक्स र सावुन वितरण गर्ने योजना रहेको उनले बताए ।

प्रकाशित मिति : २०७६ चैत्र १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस