कर्णालीमा सुरक्षाकर्मीलाई ५०%, स्वास्थ्यकर्मीलाई शतप्रतिशत प्रोत्साहन भत्ता

सुर्खेत : कर्णाली प्रदेश सरकारले कोरोना भाइरस रोकथामको लागि स्थापना गरिएको हेल्थ डेस्क, क्‍वारेन्टाइन र आइसोलेसनमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई भत्ता दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सुरक्षाकर्मीलाई सुरु तलबको ५० प्रतिशत र स्वास्थ्यकर्मीलाई शतप्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो।

सरकारकी प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीकाअनुसार सुर्खेतस्थित प्रदेश अस्पताल, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र रुकुम पश्चिमस्थित चौरजहारी सामुदायिक अस्पताललाई आइसोलेसन अस्पतालको रुपमा तोक्ने निर्णय पनि गरिएको छ।

प्रदेश अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एक–एक करोड रचौरजहारी सामुदायिक अस्पताललाई ५० लाख

सहयोग गर्नुका साथै मन्त्रीको संयोजकत्वमा अस्पताल समन्वय तथा परिचालन समिति गठन गरिएको छ।

प्रदेश अस्पतालमा सामाजिक विकासमन्त्री दल रावल, प्रतिष्ठानमा आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र चौरजहारीमा मन्त्री केसी समितिका संयोजक तोकिएका छन्।

विकासमन्त्री केसी बैठकले मन्त्रिपरिषदका सदस्यले एक/एक महिनाको तलब कोरोना विपद् कोषमा जम्मा गर्ने निर्णय गर्दै अन्य जनप्रतिनिधि, कर्मचारी, व्यापारी–व्यवसायीलाई समेत सहयोग गर्न अपिल गर्ने निर्णय भएको प्रवक्ता केसीले जानकारी दिइन्।

प्रकाशित मिति : २०७६ चैत्र १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस