हेल्थ डेस्कमा खटिएका चार स्वास्थ्यकर्मी क्वारेन्टाइनमा


मानदत्त रावल, जुम्ला : जुम्लाको प्रवेशद्वार नाग्म हेल्थ डेस्कमा परिचालन गरेका हिमा गाउँपालिकाका दुई जना र तिला गाउँपालिकाका दुइ जना शुक्रबार देखि क्वारेन्टाइनमा बसेका छन् । हेल्थ डेस्कमा एक सातासम्म बसेका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको हो ।
हिमा गाउँपालिका स्थित पाथरखोला स्वास्थ्य चौकीका हेल्थअसिस्टेन केशव शाही र अहेब तेजेन्द्र रावल क्वारेन्टाइनमा राखिएको हो । त्यसैगरी तिला गाउँपालिका स्थित कुडारी स्वास्थ्य चौकी इन्र्चाज हेल्थअसिस्टेन विजय रावल र जुम्लाकोट स्वास्थ्य चौकीका इन्र्चाज हेल्थअसिस्टेन विराजु जिसीलाई १४ दिनका लागि क्वारेन्टाइनमा राखिएको तिला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गणेश शाहीले बताए । उनले भने नाग्म हेल्थ डेस्कमा परिचालन गरिएका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको हो ।
यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका हेल्थ डेस्कमा परिचालन गरिएका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको थियो ।
नाग्म हेल्थ डेस्कमा खटिएका स्वास्थ्यर्मीले लकडाउनकै समयमा करिब चार हजार भन्दा धेरै मासिनको कोरोना भाइरस संक्रमण स्क्रिनिङ गरेका थिए । जुम्ला प्रवेशद्वार नाग्म बसेर स्वास्थ्य परीक्षण गरेका सवै स्वास्थ्यकर्मीलाई जुम्लाको बसपार्कस्थित क्वारेन्टाइनमा राखिने व्यवस्था गरिएको छ ।
जुम्लाको प्रबेशद्धार नाग्म हेल्थ डेस्कमा यहाँका स्थानीय तहले एक÷एक हप्ता स्वास्थ्यकर्मी परिर्वतन गर्ने र हेल्थ डेस्कमा बसेका स्वास्थ्यकर्मीलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको छ ।
जुम्लामा लकडाउनको सुरुदेखि नै जिल्ला भित्रिने यात्रुहरूको स्वास्थ्य स्क्रिनिङ गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डा. कपिल अमागाईको नेतृत्वमा डा. विशाल पोखरेल, निशान्त लामा, नन्दराज उपाध्याय र विशाल खड्काको टोली खटिएको थियो ।

उक्त हेल्थ डेस्कमा चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकाले एक हप्ताका लागि स्वास्थ्यकर्मी परिचालन गरेको छ । चन्दननाथ नगरपालिकाले सिनियर अहेव मोतीलाल सार्की र हेल्थअसिस्टेन श्रीबहादुर रावललाई खटाएको स्वास्थ्य शाखा स्वास्थ्य अधिकृत क्षेत्र महतले बताए । त्यसै गरी तातोपानी गाउँपालिकाले तातोपानी स्वास्थ्य चौकी इन्चार्ज हेल्थअसिस्टेन कमल कठायत र ल्याव असिस्टेन हेमराज कठायतलाई खटाएको स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद उपाध्यायले बताए ।

 

प्रकाशित मिति : २०७६ चैत्र २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस