
मानदत्त रावल, जुम्ला ः जुम्लाका चार स्थानीय तहमा स्थापना गरिएका क्वारेन्टाईनको व्यवस्थापनका लागि दुइ सय कम्बल वितरण गरिएको छ । जुम्लाका गैससले एकद्धार प्रणालीबाट राहत दिने निर्णय अनुसार प्लान नेपालको सहयोगमा साझेदारी सहयोग केन्द्र(पेस नेपाल) जुम्लाले दुई सय कम्बल वितरण गरेको हो ।
कनकासुन्दरीमा ६० थान, सिंजामा ६० थान, हिमामा ६० थान र तातोपानी गाउँपालिकामा २० थान गरी दुई सय कम्बल हस्तान्तरण गरिएको पेस नेपाल जुम्लाका कार्यकारी अध्यक्ष किशोर न्यौपानले बताए । पीपी फर्म तथा अन्य सामाग्री आउन बाँकी रहेको छ ।
उनले भने, देश संकट परिस्थितिबाट गुज्रिरहेको अबस्थामा थोरै भएपनि सरकारकारको साझेदारका रुपमा क्वारेन्टाईन व्यवस्थापन स्वरुप दुइ सय न्यानो कम्बल वितरण गरिएको हो । कम्बल ग्रहण गर्दै, तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानले यस्तो विपदमा सानो सहयोग पनि सरकार नागरिकका लागि ठुलो राहत हुने बताए । क्वारेन्टाइन व्यवस्थापनका लागि बजारमा पाईने कम्बल तथा डस्नाको मुल्य महंगीएको छ ।
हिमा गाउँपालिका अध्यक्ष रज बहादुर शाहीले पालिकाभरीका करिब १ सय ५० बढी अतिविपन्नलाई राहत उपलब्ध गराउन गैससलाई नै जिम्मा लिएकोे बताए ।
जुम्लामा कार्यरत गैसस किर्डाक, प्लान, पेस नेपाल, क्याड नेपाल, काष्डा, ग्रामिण परिबेश नेपाललगायत दर्जनौ गैससलाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहमै खटाएर आबश्यक कार्यक्रम गर्ने निर्णय भएको गैसस महासघ जुम्लाका अध्यक्ष अमर रोकायाले बताए ।
३४ जना घर फर्किए
नाग्म गमगडी सडक खण्डको प्रवेशद्धारमा पर्ने हिमा गाउँपालिकाले क्वारेन्टाईनमा १४ दिनदेखि बसेका ३४ जनालाई घर फिर्ता गरेको छ । भारत लगायत तेस्रो मुलुकबाट आएका ३४ जनालाई १४ दिनपछि चेकजाँच गरी कोरोनाको कुनै लक्षण नदिएपछि घर पठाइएको हो । अध्यक्ष शाहीका अनुसार ३४ जनालाई मास्क साबुन दिएर घर पठाइएको हो । ३४ जना लाई घर पठाए संगै हिमा गाउँपालिकाका ७ वटै वडामा रहेको क्वारेन्टाइन खाली रहेका छन् ।
प्रमुख प्रशासकिय अधिकृत टोप बहादुर बुढाले १४ दिनसम्म पनि ३४ जनामै कुनै लक्षण नदेखिएर घर फिर्ता गर्नु सबैका लागि सुखद पक्ष हो । अब वडास्तरमा भन्दा पालिकास्तरीय ३० बेडको कालिका मावि बुअमा क्वारेन्टाइन तयार गरिएको छ ।
राहतका लागि लगत संकलन
यहाँको हिमा गाउँपालिकाले कोरोना संक्रमण रोक्न गरिएको लकडाउनका कारण समस्यामा परेका पालिकाभरीका २३ बढी घरधुरीलाई ४७ लाख बराबरको राहत वितरण गर्ने तयारी गरेको छ । अध्यक्ष शाहीले भने, सुर्खेत खाद्यसंस्थानबाट ७ हजार क्वीईन्ट बढी चालम आयात गर्दैछौँ ।
रकम समेत भुक्तानी भईसकेको अबस्था छ । पालिकाभरीका २३ सय ३५ घरधुरीलाई ३० केजी चामल, ५ प्याकेट नुन, दाल, बेसार लगायतका खाद्यन्न उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष शाहीले बताए ।