कांग्रेस नेता शाहीद्वारा स्वास्थ्य सामग्री सहयोग

जुम्ला : हिमा गाउँपालिका स्थित महाबैपाथरखोला स्वास्थ्य चौकी, बड्की स्वास्थ्य चौकी, कालिकाखेतु प्रथामिक स्वास्थ्य केन्द्र र बड्की स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी र प्रहरीलाई कांग्रेसका युवा नेता लक्ष्मण शाहीले स्वास्थ्य सामग्री सहयोग गर्नुभयो ।
कोरोना भाइरस(कोभिड–१९) विश्वभर फैलिरहेको र स्वास्थ्यकर्मी र प्रहरीलाई सुरक्षित भएर सेवा गर्न सहज होस् भन्ने उद्देश्यका साथ उहाँले सुरक्षित स्वास्थ्य सामग्री सहयोग गर्नु भएको हो ।
उनले भने कोरोना भाइरसको विरुद्ध खटिएको पहिलो पंक्तिमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी नै हुन् । उनीहरुले प्राप्त मात्रमा सुरक्षित स्वास्थ्य सामग्री पाएन छैनन् । देशमै सुरक्षित स्वास्थ्य सामग्रीको कमी भईरहेको अवस्थामा व्यक्तिगत तर्फबाट थोरै भएपनि काम गर्न सहज होस् भनेर स्वास्थ्य सामग्री सहयोग गरेको उनले बताए ।
तीन वटै स्वास्थ्य चौकी र प्रहरी चौकी बड्कीलाई सेनिटाईजर, सर्जिकल माष्क, डिजिटल थर्माेमिटर, गोल्बसलगायत गाउँपालिका भरीका सबै गाउँबस्तीमा सात हजार माष्क गरी एक लाख ५० हजार रुपैया बराबरको स्वास्थ्य सामग्री बितरण गरिएको नेता शाहीले बताए ।
देश यतिवेला अत्यन्तै संकटमा परेको छ । बादविवाद भन्दा पनि बिपतमा सवै मिलेर सामना गरौ, सामाजिक भावनाको विकास गर्नुपर्ने बेला आएको उनले भने ।
त्यसैगरी यसअघि भारतबाट फर्किएर चारवटा क्वारेन्टाइनमा बसेका करिब ४० जनालाई शाहीले व्यक्तिगत खर्चमा राहत वितरण गर्नु भएको थियो । राहदेव मावि मोफ्ला, कालिका मावि बड्की, भानु मावि पातरखोला र भैरव आधारभूत विद्यालय जोगीबाडामा रहेका क्वारेन्टाइनमा बसेका नागरिकलाई शाहीले चामल, दाल, नुन, तेल, चिनी, चियापत्ती, साबुन, मास्कलगायत दैनिक उपभोग्य सामग्री वितरण गर्नुभयो । ४० जनालाई ६३ हजार चार सय रुपैयाँबराबरको दैनिक उपभोग्य सामग्री वितरण गरे ।

प्रकाशित मिति : २०७६ चैत्र २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस