जुम्लाका स्थानीय स्तरमा पुगेर ८४९ जनाको स्वाब संकलन

जुम्ला : कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नका लागि जम्लामा ८ सय ४९ स्वाब संकलन गरिएको छ । यहाँका स्थानीय स्तरमा चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोली परिचालन गरी स्वाब संकालन गरिएको हो ।
कर्णाली प्रदेश सरकारको १० जिल्लामा १० हजार स्वाब संकलन गरी कोरोना परीक्षण गर्ने उद्देश्य अनुसार जुम्लामा ८ सय ४९ जनाको स्वाब संकालन गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला अस्पताल निर्देशक डा. मंगल रावलले बताए ।

पातारासी गाउँपालिका ७०, चन्दननाथ नगरपालिका ५८, तातोपानी गाउँपालिका एक सय ५०, तिला ७०, हिमा ३७, कनकासुन्दरी दुई सय, गुठीचौर ९५ र सिंजा २ सय ९ जना गरी ८ सय ४० जनाको स्वाब संकलन गरिएको उनले बताए । स्वाब संकलन पछि मंगलबार देखि नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कोरोना पिसिआर परीक्षण गर्ने तयारी गरिएको छ ।

लकडाउन अवधिभर जुम्ला १० हजार ९ सय ७० जना नागरिक भित्रिएका छन् । १ सय ८२ जना क्वारेन्टाइनमा बसेका छन् भने ९ सय ३० जना १४ दिनपछि घर फिर्ता भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । ५ सय १६ जना होम क्वारेन्टाइनमा बसेका छन् । त्यसैगरी अहिलेसम्म जुम्लामा ४ सय १४ जनाको पिसिआर र २ सय ६१ जनको आडिटी परीक्षण गरिएकोमा सवै जनाको रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस