कपिलवस्तु, रुपन्देही र बर्दिया थप १३ जनामा कोरोना भाइरस पोजेटिभ, संक्रमितको संख्या १३४ पुग्यो

काठमाडौं-थप १३ जनामा कोरोना भाइरस (कोभिड १९) पोजेटिभ देखिएको छ । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रुपन्देहीमा ६, कपिलवस्तुमा ६ र बर्दियामा १ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै २४ घण्टाभित्र कोभिड १९ देखिनेको संख्या २४ जना पुगेको छ ।
यसअघि सोमबार नै कपिलवस्तुमा १० जना र सप्तरीमा एक जनामा कोभिड १९ पोजेटिभ देखिएको थियो । नेपालमा हालसम्म १ सय ३४ जनामा कोविड १९ पुष्टी भएको छ भने ३३ जना निको भएर घर फर्किएका छन् ।
थप पढनुहोस: https://www.healthaawaj.com/news/15441/
Find us on Twitter: @healthaawaj | Facebook: HealthAawajOfficial

प्रकाशित मिति : २०७७ बैशाख २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस