मानदत्त रावल, जुम्ला
विश्व नै कोरोना भाइरसको महामारीबाट ग्रसित भईरहेको अवस्थामा जुम्लाको हिमा गाउँपालिकाले एक सय ६१ जना अतिविपन्न व्यक्तिलाई रोजगार दिने भएको छ ।
आर्थिक बर्ष २०७६÷०७७ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत अति बिपन्न एक सय ६१ बेरोजगार ब्यक्तिलाई ३० दिनको रोजगार दिने भएको हो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नका लागि देश बिगत ५२ दिन देखि लकडाउन छ । लाखौँ व्यक्तिको रोजगार गुमेको छ । बिहान बेलुका खान नपुग्ने अति बिपन्नलाई रोजगार दिन थालिएको रोजगार सयोजक दिपेन्द्र पौडेलले बताए । जेठ १५ गते देखि असार १५ गतेसम्म रोजगार कार्यक्रम सञ्चालनमा ल्याउने तयारी गरिएको उनले बताए । कामदार व्यक्तिका लागि सुरक्षित हेल्मेट, पञ्जा र आवश्यक औजारको पनि व्यवस्थापन गरिएको उनको भनाई छ ।
रोजगार ब्यवस्थापन सूचना प्रणालीमा सुचिक्रुत भएका एक हजार ७ सय ८५ बेरोजगार मध्ये प्रथामिकतामा परेका बेरोजगार ब्यक्तिलाई काममा खटाउने प्रमुख प्रसासकीय अधिकृत टोपबहादुर बुढाले बताउनुभयो । उनले भने “सामाजिक दुरी कायम गर्दै सुरक्षा तथा स्वास्थ्य सामाग्रीको प्रयोगमा ल्याएर काममा लगाइने पनि तयारी गरिएको छ ।”
यस आर्थिक वर्षमा हिमा गाउँपालिकालाई ससर्त अनुदान बापत ४२ लाख बजेट प्राप्त भएको छ । जुम्ला जिल्लामा रोजगार दिने हिमा गाउँपालिका पहिलो हो । नेपाल सरकारले १ फागुन ०७५ देखि बेरोजगारलाई रोजगार दिनुका साथै निर्बाह भता दिने गरी प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
हिमा गाउँपालिकाले १६१ बिपन्न व्यक्तिलाई रोजगार दिने
प्रकाशित मिति : २०७७ जेष्ठ ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस