रुकुमपश्चिम सोती घटनाको बिरोधमा जुम्ली युवा

जुम्ला ः गएको शनिबार बेलुकी रुकुम पश्चिम चौरजहारी नगरपालिका – ८ सोतीमा दलिय युवाको हत्या गरिएको भन्दै जुम्लाका युवाले जिल्ला प्रशासनमा धर्ना दिएका छन् । शुक्रबार लकडाउनमा बजार सुनसान रहेका बेला जुम्लाका युवाले हातमा प्लेकार्ड लिएर प्रशासन अगाडी धर्ना दिएका हुन् । दलितमाथि हुने विभेद अन्त्य गर, रुकुममा दलितमाथि ज्यादति गर्नेलाई कानुनी कारबाही गर, अपराध ढाकछोप गर्न खोज्नु पाप हो, सत्य तथ्य छानबिन गरी दोषीलाई कारवाहीको माग गर्दै धर्ना दिएका हुन् ।
जुम्लाका युवाले, एक्काइसौं सताब्दीमा पनि दलित समुदायमाथि हुने विभेद अन्त्य नभएको भन्दै सरकारले रुकुमामा दलितमाथि ज्यादती गर्नेलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् । मुलुकमा संविधान बनेको छ । दलितका हक अधिकार काजगमा प्रसस्तै छन् । तर न्याय हराए जस्तो जगन्य अपराधका घटनामा कमी नआएको अगुवा युवा धनराज सुनारले बताए ।
उनले भने, अन्तरजातीय प्रेम सम्बन्धले दलितको मृत्यु कहिलेसम्म हो । यसको अन्त्य कहिले हुन्छ । छुवाछुत र भेदभाव अन्त्य गारौँ भन्ने नारा नारामा मात्र किन सीमित रहेको भन्दै सरकारलाई युवाले प्रश्न गरेका छन् । अगुवा युवा सुनारले रुकुममा दलित युवामाथि आकर्मण गरी ज्यान लिनेलाई आजीवन कैदको सजाय हुनुपर्ने बताए । उनले भने, दलित युवाको ज्यान लिनेलाई सरकारले कडा कारबाही गरोस् । घटनाको सत्यतथ्य छानबिन गरियोस । दलितको रगतमाथि कसैले राजनीति गर्ने अवस्था नहोस् । यस घटनाका दोषीको कारबाहीले मुलुकमा दलितलाई हुने विभेदको अन्त्य हुने अवस्था सिर्जना होस् । दोषीमाथि हदैसम्मको कारवाही नभए जुम्ली युवाले युवाले थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस