बन्दाबन्दीको मारमा जुम्लाका तरकारी किसान

सागर परियार ।


विदेशबाट फर्किएर व्यवसायीक तरकारी खेतीमा होमिएका तातोपानी गाउँपालिका २ का व्यवसायीक तरकारी किसान यस वर्ष दोहोरो नोक्सानी व्यहोर्न बाध्य भएका छन् । करिब १५ लाख बढीको लगानीमा २ हेक्टर जमिन लिजमा लिएर व्यवसायीक तरकारी खेती गरेका पाँचजना यूवा किसान यसवर्ष दोहोरो नोक्सानीमा परेका हुन् ।

२ हेक्टर जमिनमा लगाएको तरकारीमा विभिन्न रोग किरा र प्रकोपले राम्ररी फल्न सकेन् जती फलेको थियो लकडाउनले गर्दा बजारमा लिन नसकिएको यूवा व्यवसायीक किसान महेश डाँगीले बताए ।

उनले भने,“तिला अर्गानिक वाईल्ड एण्ड एग्रो नामक कृषि फर्म दर्ता गरेर जिल्लामै व्यवसायी तरकारी खेती गरिरहेका छौ । क्वीईन्टलका हिसाबले बन्दा,आलु,मटर,प्याज, टमाटर,भ्यान्टा,फर्सी,गाँजर,लसुन लगायतका तरकारी उत्पादन पनि भईरहेको छ । तर जारी लकडाउनले गर्दा बजारीकरणमा समस्या आएपछि घाटा व्यहोर्नु परेको हो ।”

हप्तादेखि संकलन गरी थन्कीएको १५ क्वीइन्टल बन्दा शनिवार धौधौले नेपालगन्ज पठाइएको यूवा किसान डाँगीले जानकारी दिए । उत्पादन भएको तरकारी बजारमा लिन नसक्ने समस्या त छदै छ । अर्का किसान पदम डाँगीले भने,“दिनरात नभनी मेहनत गरेर खेतमा लगाएको गोलभेँडा, बन्दा, काउली, फर्सी लगायतका तरकारीमा रोग र किराले लागेर सखाप भएपछि कति तरकारी त उखेरलै फालेका छौ ।”
नत तरकारीमा लाग्ने रोग किरा नियन्त्रणको उपाय छ, नत तरकारी संकलन केन्द्रनै छन् ।

भर्खर सुर्खेत नेपालगन्ज तरकारी पठाउन थालेका थियौ फेरी बुधबारदेखि सिल भएर बजार बन्द भइसक्यो । उत्पादीत तरकारी फाल्नुको विकल्प नरहेको उनको गुनासो छ । यसै वर्षबाट ठुलो लगानी गरेर तरकारी खेती शुरु गरियो, यसै वर्ष कोरोना महामारी फैलिँदा दोहोरोना नोक्सान व्यवहोर्न बाध्य भएको किसानहरुले दुखेसो गरेका छन् ।

केहि किरा लागेपनि उत्पादन भएको ताजा तरकारी समेत बजारमा पठाउन समस्या भएको छ । लकडाउन सदरमुकाम पुरै बन्द छ, पहिलाको जस्तो नेपालगन्ज,सुर्खेत,कालिकोट, पठाउन सहज छैन् । बजारमा तरकारी अभाव बढ्दै गएको छ । यता उत्पादीत तरकारी थन्कीदै छ । तातोपानीमा तरकारी संकलन केन्द्र हुँदा ठुलो घाटा खानु परेको यूवा किसानले गुनासो गरेका छन् ।
लाखौको लगानी गरेर शुरु गरिएको व्यवसायीक तरकारी खेतीमा रोककिराले काप गर्दा स्थानीयतहले राहतको व्यवस्थापन गर्नुपर्ने उनिहरुको माग छ । स्वदेशमै केहि गर्न खोज्दा पनि समयले साथ नदिँदा लगानी खेर जान सक्ने चिन्तामा किसान छन् ।

तरकारी संकलन केन्द्रको माग
तरकारी संकलन केन्द्र नहुँदा घाटामा उदाहरण मात्र तातोपानीका व्यवसायीक यूवा किसानहरु हुन् । यहाँका तिला गाउँपालिकाका कर्ण हमाल, दिपेन्द्र हमाल, कर्ण रावत, चन्दननाथ नगरपालिकाका राजबहादुर भक्री, राधा न्यौपाने जस्ता सयौ व्यवसायीक किसानले रोग किरा र जारी लकडाउनका कारण दोहोरो नाक्सानी व्यहोरेका छन् ।

संकलन केन्द्र नहुँदा लकडाउनले बजार नखुल्दा उपयुक्त मुल्य नपाउँदा चन्दननाथ नगरपालिकाका ७० घरधुरीले उत्पादन गरेको १ सय मेट्रिटन प्याज घरमै थन्कीएको छ । उनिहरुले तरकारी संकलन केन्द्र स्थापना गरी प्याज होलसेल मुल्य खरिद गरिदिन आग्रह गरेको महिनौ भयो । तर सुनुवाई नभएको किसान भक्री बताउँछन् ।

तिला गाउँका ३ का कर्ण हमालले पनि विगत ६ वर्षदेखि व्यवसायीक तरकारी खेती गर्दै आएका हुन् । यस वर्ष उनको समस्या पनि फरक छैन् । केहि किराले सकाप पारेको र उत्पादीत तरकारी बजार बन्द हुँदा थन्कीएको छ । वर्षौदेखि पालिकास्तरबाट जिल्लामै संकलन केन्द्र स्थापना गर्न माग गरेपनि सम्बन्धी निकाय गम्भीर नबन्दा यस वर्ष किसानले दोहोरो घाटा खानु परेको हमालले उल्लेख गरे ।
नत रोग किराको निवारण छ, नत संकलन केन्द्रनै स्थानीय नारायण धिताले भने बजार नपाएर करिब ३० क्वीईन्टल बन्दा खेर जाने अबस्था रहेको छ । तर कसरी बजारमा लिने भन्ने चिन्ता छ ।

प्रकाशित मिति : २०७७ भाद्र २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस