खष संस्कृतीमा आधारित ‘चारदुना नौ’ टेलि श्रृखला जुम्लामा छायांकन हुदै

सागर परियार । 


जुम्लाको खष सांस्कृतिमा आधारित टेलि श्रृखंला जुम्लामा छायांकन हुदै छ । जुम्लाको खष संस्कृति, कला,परम्परा,छाउप्रथा,जारी प्रथा,जातीय विभेद तथा ऐतिहासिक पर्यटकिय स्थलहरुको प्रर्बद्धन तथा प्रचारमा आधारित (चार दुना नौ) नामक टेलिश्रृखंला जुम्लामा छायाँकन हुन लागेको हो ।

चार दुना नौ नामक टेलिश्रृखलांको दोस्रो चरण जुम्लामा छायांकन हुन लागेको निर्देशक छेडुप लामाले बताउनुभयो । उनले भने, “जुम्लामा ३ भाग छायांकन हुने छन् । यहाँका आठै स्थानीयतहका पर्यटकिय गन्तव्यको प्रर्बद्धन सहित खष संस्कृतिमा आधारित सबै कुरा समाबेश गरिने छ ।” भने चौथो भाग मुगुको रारातालमा पुगेर छायाँकन हुने भएको छ ।

जुम्लाको छुमचौर,गुठिचौर पाटन,चन्दननाथ भैरबनाथ मन्दिर,तातोपानी धारा,हिमाको काँठेपुल,पाण्डवगुफा लगायतका सबै ऐतिहासिक पर्यटकिय स्थलहरुलाई चार दुना नौ टेलि श्रृखलामा समेटिने निर्देशक लामाले उल्लेख गरे । उक्त श्रृखलंगाको लेकख रेशम बुढाथोकी, निर्माता गणेश तामाङ र कर्म डि लामा रहेका छन् ।

भने, उक्त श्रृखलाको मुख्य पात्रमा बरिष्ठ हास्य कलाकार राजाराम पौडेल छन् । भने जुम्लाका कलाकार गोविन्द सुनार लगायत अन्य रहेका छन् । जुम्लामा विगत एक दशकदेखि कला क्षेत्रमा होमिएका सुनारले राष्ट्यि कलाकार संग टेलिश्रृंखलामा अभिनय गर्ने अबसर पाएकोमा जिससका उपप्रमुख कार्मा बुढाले खुसी व्यक्त गर्नुभयो ।

उनले जुम्लाको खष सँस्कृतिलाई प्रबृद्धन गर्न, ऐतिहासिक पर्यटकिय स्थलको संरक्षण गर्न टेलिश्रृखलाले महत्वपुर्ण भुमिका खेल्ने उल्लेख गरे । कलाकार गोविन्द सुनारले सधै पूर्वेली संस्कृति परम्परा मात्रै सबैले देख्ने कर्णालीको नदेख्ने अबसर नपाउने त्यसैैले समन्वय गरेर चारदुना नौको छायांकन जुम्लामा हुन लागेको जानकारी दिए ।

गुठिचौर गाउँपालिका अध्यक्ष हरि बहादुर डाँगीले खष संस्कृति प्रर्बद्धनका लागि छायांकन हुन थालेको टेलिश्रृंखलाको सफलताको शुभकामना दिए । गुठिचौर गाउँपालिकाले गर्नु पर्ने आबश्यक सहयोगका लागि पनि तयार रहेको उनको भनाई छ ।

स्थानीय कलाकारपनि अबसर पाउने र खष संस्कृतिको पनि प्रर्बद्धन हुने भएकाले आबश्यक सहयोग गर्न सबैमा अपिल गरिएको छ । बरिष्ठ कलाकार राजाराम पौडेलले काठमान्डौबाट सोचेको कल्पना गरेको जुम्ला र बास्तविक जुम्ला ठयाक्कै उल्टो पाएको बताए । अर्गानिक जिल्लामा गोविन्द सुनार जस्ता अर्गानिक अभिनय गर्ने कलाकार संग संगै काम गर्न पाउँदा गर्व लागेको समेत उल्लेख गरे । कार्तिक २२ गतेबाट जुम्लामा चारदुना नौ नामक टेलि श्रृखलाको छायाँकन जुम्लामा शुरु हुने छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस