नवराज शाही, जुम्ला ः जुम्लाका स्वास्थ्य बीमा कर्ताहरुको अस्पतालबाट निःशुल्क रुपमा सोचेअनुसारको पाउन पर्ने औषधी नपाएको गुनासो छ । मंगलबार स्वास्थ्य परीक्षण गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गएका चन्दननाथ नगरपालिका – ४ का वडाध्यक्ष जगदिश चौलागाईलाई डक्टरले विरामी पुर्जामा लेखेको ५ प्रकारका औषधी मध्ये २ किसिमको औषधी अस्पतालको फार्मेसीले दियो । बाँकी ३ प्रकारको औषधी बाहिरका निजी मेडिकलबाट किन्ने भन्ने जवाफ दिइयो । बाहीरी फार्मेसीबाट उनले ८ सय ५० को औषधी किने । स्वास्थ्य विमित व्यक्तिमध्ये उनी त एक उदाहरण मात्र हुन् । सस्वथ्य उपचार सेवा सहुलिएत रुपमा गराउने हेतुले बीमा गरेका बिमीत नागरिकहरुले बीमाबाट उपचार गराउने भनेर गएका बिरामीहरुले पैसा नबोकेकाले औषधी नलिएर खाली हात फकिर्ने गरेका छन् ।
उनीजस्तै सयौँ सेवाग्राहीले पनि यस्तै दुख भोग्दै आएका छन् । बीमा कर्ताले वार्षिक ३ हजार ५ सय तिरेर एक लाखसम्मको औषधी उपचार पाउने नारामा मात्र सिमित भएको बीमा कर्ताले गुनासोे गरेका छन् । नेपालको सविधान २०७२ को धारा ३५ मा आधारभुत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकका रुपमा स्थापित गरिएको छ । नागरिकको स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने भनी किटानी समेत गरिएको छ । स्वास्थ्य बिमा कार्यक्रम परिवारमा आधारित एक बृहत साझेदारी कार्यक्रम हो । जुम्लामा मात्र ४६ हजारले स्वास्थ्य बीमा गरेका छन् । यता, प्रतिष्ठानको डीन नियूक्ति लगाएतका विषयमा प्रतिष्ठानको प्रशासन, उपकुलपति, रजिष्टर, डीनको कार्यकक्षमा गएको २८ असोजदेखि तालाबन्दीमा छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डा मङगल रावलले राष्ट्रिय कल्याणकारी कर्मचारी समाज जुम्लाले डीन नियुक्ती लगाएतका बिषयमा अस्पतालमा लगाएको तालाबन्दीले अस्पतालको फार्मेसीमा औषधी पु¥याउन नसकिएको बताए । उनका अनुसार स्वास्थ्य बिमा गरेका बिमीत बिरामीहरुलाई सबै प्रकारका औषधीहरु अस्पतालको फार्मेसीमा उपलब्ध हुन नसकेको कारणले बिरामीले बाहीरी मेडिकलहरुबाट किनेर लिन बाध्य भएका छन् । बिरामीलाई डाक्टरको निर्देशन अनुसार फार्मेसीमा भएका सबै प्रकारका औषधीहरु बिरामीलाई दिएर पठाउने गरेको अस्पतालका निर्देशक डा मङगल रावलका दाबी छन् ।