प्रशासनको छड्केः७ वटा कार्यालय प्रमुख विहिन,१०९ जना कर्मचारी बेखवर

सागर परियार ।
जुम्लाका ७ वटा सरकारी कार्यालय कार्यालय प्रमुख विहिन रहेका छन् । भने एक सय नौ जना कर्मचारी अनुस्थित रहेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले मंगलबार गरेको सरकारी कार्यालयको छड्के अनुगमनमा यस्तो पाइएको हो ।

मंगलबार जिल्लाका २६ वटा सरकारी कार्यालयमा छड्ेक अनुगमन गरिएको प्रजिअ थापाले बताउनुभयो । उहाँका अनुसार छड्के अनुमगन गरिएका २६ कार्यालयका २ सय ३० जना कर्मचारी मध्ये १ सय २१ जना मात्रै उपस्थित रहेका थिए ।

भने, १ सय ९ जना कर्मचारी रे ७ जना कार्यालय प्रमुख बिना जानकारी कार्यालयमा उपस्थिती नरहेएको भेटिएको जानकारी दिनुभयो । बिना जानकारी कार्यालयमा उपस्थित नहुने प्रमुख र कर्मचारीलाई किन उपस्थित नभएको भन्ने बारे स्पष्टीकरण सोधिने प्रजिअ थापाको भनाई छ ।

नागरिकका सेवालाई बेवास्ता गरी कार्यालयमा नआउने कर्मचारीहरुलाई नियम संगत कारबाहि गरिने समेत उल्लेख गर्नुभयो । चित्त बुझ्दो जवाफ नआएपछि थप कारवाही प्रक्रिया अगाडी बढाइने छ । एकजना कर्मचारी मात्रै उपस्थित नहुँदा सेवा ग्राहिको काम ढिला हुने र रोकिने भएकाले सबै कर्मचारी यथाशिघ्र कार्यालयमा उपस्थित हुनुपर्नेमा उहाँको जोड छ ।

बिदामा बस्दा कुनै कामले जिल्ला बाहिर जाँदा अनिवार्य रुपमा प्रशासनलाई जानकारी गराउनु पर्दछ । तर अधिकांश कर्मचारीहरुले त्यसो गरेको पाइएन । जसका कारण दैनिक कार्यसम्पादन र सेवा प्रवाह प्रभावित भएको छ । कार्यालयमा अनुउपस्थित ७ जना प्रमुख र १ सय ९ जना कर्मचारीले प्रशासनलाई कुनै जानकारी नगराएको पाइएको हो ।

मंगलबार स्याउ सुपरजोन, जनस्वास्थ्य कार्यालय, आन्तरिक राजश्व कार्यालय, कृषि अनुसन्धान केन्द्र लगायत २६ वटा सरकारी कार्यालयमा छड्के अनुगमन गरिएको हो ।

प्राय ःजुम्लाका सरकारी कार्यालयका प्रमुख देखि कर्मचारी नै कार्यालयमा अनुपस्थित हुने र सार्वजनिक सेवाप्रति बेवास्था गर्ने गरेका छन् ।
कार्यालयमा कर्मचारी नहुदा सेवा प्रभावित हुदै आएको स्थानीय सेवाग्राहीले गुनासो गर्दै आएका छन् । जुम्लामा चिसो बढेसँगै कर्मचारीदेखि जनप्रतिनिधिले जिल्ला बाहिरीने वा छोड्ने गरेका छन् । यसले पनि सेवा प्रभावित हुदै आएको छ ।

प्रकाशित मिति : २०७७ माघ २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस