
नेपालमा १२ औं तथा संघियता पछिको पहिलो राष्ट्यि जनगणना २०७८ को तयारी अन्तिम चरणमा पुगेको छ । जुम्लामा पहिलो चरणको तथ्यांक संकलन आगामी बैशाख २६ गतेबाट हुने गरी तयारी भइरहेको छ । विगतको गरिब परिचय पत्रको तथ्यांकले सरोकारवाला सहि तथ्यांक नआउने,बास्तविक व्यक्तिलाई सोधपुछ बिनै हचुवाका भरमा तथ्यांक ल्याउने समस्या रहेको पाईन्छ । जसका कारण सबै तथ्यांक विश्वसनिय मान्न सकिने अबस्था छैन् । देशको विकास निर्माणदेखि बजेट निर्माण, जातजाती भाषाभाषी तथा धर्म,बसोबास,पेशा,व्यवसायको अबस्थाबारे बुझ्न सेवा प्रभावलाई प्रभावकारी बनाउन गरिने जनगणनाको तथ्यांक सहि नहुँदा सामाजिक सेवा प्रवाहदेखि विकास निर्माणमा बाधा हुने गरेको छ ।
त्यसैले जुम्लाका सरोकारवाला व्यक्तिहरुले पनि १२ आँै राष्ट्यि जनगणना २०७८ मा पनि हचुवाका भरमा भन्दा पनि सहि तथ्यांक सकंलनमा गम्भीर हुनुपर्नेमा जोड दिएका छन् । २०७८ को जनगणनाबाट देशम ७० लाख घरधुरी र ३ करोड जनसंख्या पुग्ने अनुमान गरिएको छ । भने, जुम्लामा हाल १ लाख ९ हजार जनसंख्या रहेकोमा २०७८ को गणनाबाट १ लाख २० हजार पुग्ने अनुमान गरिएको छ । जनगणका लागि जुम्लामा ४१ जना सुपरभाईजर र १ सय ५७ जना गरी १ सय ९८ जना जशक्ति गणनामा खटिदै छ । सरकारले अर्बौ बजेट जनगणनामा खर्चिदै छ । तर पनि सहि तथ्यांक नआउन सकेको खण्डमा समग्र क्षेत्र प्रभावित हुने कुरा हामी सबैलाई जानकारीनै छ ।
त्यसैले पनि अबको नयाँ तथ्यांक मिथ्यांक नहुनका लागि, सबैले विश्वास गर्ने खालको तथ्यांक हुनका लागि जनगणनामा खटिने सबै जनशिक्त,नागरिकले जिम्मेवारीपुर्ण ढंगबाट तथ्यांक ल्याउन र सूचना दिन आबश्यक छ । विगतमा गरिब परिचयपत्र वितरण गर्दा हचुवाको भरमा तथ्यांक संकलन गरेकै कारण धनी व्यक्ति गरिबमा,गरिब व्यक्ति धनीमा परेको ज्वालन्त उदाहरण हामी माझ छ । त्यसैले अबका जनसंख्या,कृषि, पर्यटन,रोजगार, व्यवसाय, लगायतको कुनै पनि क्षेत्रको तथ्यांक गलत हुनुहुदैन् । सहि तथ्यांक नआउँदा विकास निर्माणमा बाधा पुगेको भन्दै अबको तथ्यांक यर्थात र विश्वसनिय हुनुपर्छ ।
जेठ असारमा जुम्लामा कामको चटारो हुने र त्यहि समयमा तथ्यांक संकलन हुने भएकोले गणकहरु सम्बन्धीत घरमै पुगे नपुगेको सम्बन्धीत व्यक्तिबाटै तथ्यांक लिए नलिएको थाहा पाउने संयन्त्र बनाउनुपर्नेमा समेत सरोकारवालाको जोड । सहि तथ्यांक नआउने विगतका घटनाकै कारण गणक प्रत्यक घरमा पुगे नपुगेको, सम्बन्धीत व्यक्तिबाट तथ्यांक लिए नलिएको बारे जानकारी पाउन प्रमाणका रुपमा प्रत्यक घरमा घर नम्बर समेत टासिने,सबै तथ्यांक सहि भए नभएको पुर्न पुनरावलोकन गरिने व्यवस्था गरिएको जिल्ला जनगणना कार्यालय जुम्लाले जनाएको छ । जनगणनामा खटिने सबै सयंन्त्रहरुले जिम्मेवारी पुर्वक आफ्नो कर्तव्र्य निभाएर काम गरेको खण्डमा, नागरिकले पनि सहि सूचना दिएको खण्डमा विगतको जस्तो तथ्यांक मिथ्यांक नहुने र सहित विवरण आउनेमा आशा गरिएको छ ।