जिल्ला जडीबुटी उद्यमी संघ गठन

 

जुम्ला ः जिल्ला जडीबुटी उद्यमी संघ गठन गरिएको छ । जडीबुटी उद्यमी लालबहादुर बुढाको अध्यक्षतामा जिल्ला जडिबुटी संघ गठन गरिएको हो । गैरकाष्ठ वन पैदावार उद्यमी पहिचान तथा संजाल निर्माणका लागि अभिमुखिकरण कार्यक्रममा ९ सदस्यीय उद्यमीहरुको संघ गठन गरिएको हो । संघको सचिवमा मोतिलाल सार्कीलाई चयन गरिएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ र जिल्ला महासंघ जुम्लाको समन्वयमा जिल्ला जडिबुटी संघ गठन गरिएको हो । जिल्ला वन उपभोक्ता महासंघ जुम्लाका अध्यक्ष गोकर्ण चौलागाईका अनुसार जडिबुटी कृषकको हकहितका लागि आवाज उठन र व्यवसायिक कृषक बनाउनका लागि जिल्ला जडीबुटी संघ गठन गरिएको हो ।

जिल्लामा धेरै जडीबुटी कृषक छन् । उनीहरुले लामो समयदेखि यो खेती गर्दै आएका छन् । यिनै कृषकले उत्पादन गरेका जडीबुटी विक्री वितरणका लागि बजारीकरणको चुनौती भोग्दै आएको अध्यक्ष चौलागाईको भनाई छ । कृषकसहित उत्पादन जडीबुटी एकिकृत गर्दै कृषकलाई आएका चुनौतीलाई सामना गर्न यो संघको भुमिका रहेने उनको भनाई छ ।

प्रकाशित मिति : २०७८ बैशाख १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस